Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

घुससहित पक्राउ परेका उपसचिवको गाडीमा थप साढे १६ लाख भेटियो


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन १७ २०७९
  • 4.1K
    SHARES

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालको साथबाट थप साढे १६ लाख रुपैयाँ बरामद गरेको छ ।

उनलाई अख्तियारले ६ लाख रुपैयाँ घुस सहित रंगेहात पक्राउ गरेको थियो । गाडीमा भेटिएको रकमसहित उनको साथबाट साढे २२ लाख रुपैयाँ भेटिएको हो ।

उहाँलाई रंगेहात पक्राउ गरेपछि सोधपुछ र खानतलासीका क्रममा उहाँको गाडी हेर्दा थप साढे १६ लाख रुपैयाँ भेटिएको छ’ अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले भने ‘त्यो रकम कहाँबाट, किन र कसले दियो भन्ने उहाँले खुलाउन सक्नुभएको छैन । हामीले बुझेअनुसार हामीलाई उजुरी गर्ने टोलीभन्दा पहिले अरु कसैसँग त्यो रकम लिएर हिँडेको हाम्रो आशंका हो ।

अख्तियारको टोलीले अहिले रकमको मुचुल्का बनाउनेदेखि अरु कागजात र प्रमाण संकलन गरिरहेको छ । अख्तियारको टोलीले उपसचिव नेपाललाई नक्साल नागपोखरीको एक होटलबाट पक्राउ गरेको थियो ।

अख्तियारका अनुसार, प्याराग्लाईडिङ सञ्चालनको अनुमतीपत्र दिने कामका सिलसिलामा उपसचिव नेपालले घुस मागेका थिए । त्यसपछि सम्बन्धित व्यवसायीले अख्तियारमा खवर गरी आफैले रकम दिने योजना बनाएका थिए र त्यसक्रममा रकम उपलब्ध गराएका हुन् ।

तर गाडीमा रहेको साढे १६ लाख रुपैयाँ भने अलग रकम हो । उनको साथबाट त्यो रकम बरामद होला भन्ने अनुमान नभएको अख्तियारका एक अधिकृतले बताए ।  ‘कोही रंगेहात पक्राउ गरेपछि हामीले प्रक्रिया पुर्‍याउन नियमित खानतलासीका क्रममा थप रकम बरामद गरेका हौं’ ती अधिकृतले भने, ‘उहाँ रकमबाट केही बोल्नुभएको छैन ।

अख्तियारले त्यो रकमलाई स्रोत नखुलेको रकमको रुपमा बरामद गरेको छ र त्यसलाई गैरकानूनी आर्जन मानेको छ । अख्तियारको टोलीले पर्यटनको अनुमतीको विषयमा घुस डिल गर्नुअघि उपसचिव नेपालले कुनै अर्को टोलीसँग घुस लिएर गाडीमा राखेको हुनसक्ने अनुमान गरेको छ ।

३८ वर्षिय उपसचिव नेपाल रुपन्देही शुद्धोदन गाउँपालिकाका हुन् । उनी हाल बूढानीलकण्ठमा बस्छन् । उनी २०६६ साल असार ३० गते निजामती सेवामा प्रवेश गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४