Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तरकारी तथा फलफूलमा जीवनाशक विषादीकाे प्रयाेग भइरहेकाे खाद्य विभागकाे खुलासा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन १७ २०७९
  • 4.4K
    SHARES

काठमाडाैँ । नेपालमा आयातित तरकारी तथा फलफूलमा जीवनाशक विषादीको प्रयोग हुने गरेको पाइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै कार्तिक १ गतेदेखि असार मसान्तसम्म ५६ हजार ३ सय ३८ वटा आयातित फलफूल तथा तरकारीका नमुनाहरूको परीक्षण गर्दा जुनार, केरा, चुकन्दर तथा आलु लगायतका ५१ वटा नमुनामा खान अयोग्य हुने जीवनाशक विषादीको प्रयोग हुने गरेको पाइएको जनाएको हो ।

कृषि मन्त्रालयको निर्देशनमा कार्तिक १ गतेबाटै विभागका ७ वटा कार्यालयले द्रुत गतिमा परीक्षणको काम थालेको समेत विभागले जनाएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा भएका कामहरूको बारेमा जानकारी दिँदै विभागले ४ हजार १ सय २७ खाद्य नमुनाहरूको परीक्षण गर्दा २ सय २४ वटा नमुना खान अयोग्य रहेको पाइएको समेत जनाएको छ । सोही अवधिमा दाना, होटेल, राजमार्गका रेस्टुरेन्ट लगायतको ८ हजार ८ सय ६६ पटक अनुगमन गरिएको विभागले जानकारी दिएको छ ।

सोही अवधिमा नै १२ वटा अन्तर्राष्ट्रिय सीमामा अवस्थित खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयहरूमा ५१ हजार ७ सय ६७ वटा खाद्य पदार्थका नमुनाहरू परीक्षण गरिएको विभागका महानिर्देशक डा मतिना जोशी वैद्यले जानकारी दिइन् ।

उनले गण्डकी प्रदेशमा खाद्य परीक्षण केन्द्र स्थापना गरिएको जानकारी दिए । उनले फलफूलमा विषादी प्रयोगको गुनासो बढेपछि सबै प्रदेशमा एकै पटक अनुगमन गरिएको र सो क्रममा फलफूल पकाउन प्रयोग हुने रसायन प्रयोग गरेको पाइएको जानकारी दिए ।

त्यस्तै विभागले संक्रामक रोग नियन्त्रण लक्षित विशेष अनुगमनलाई पनि तीव्रता दिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४