Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसको बीऊ मानिने नेविसंघ कोटेश्वर बहुमुखी क्याम्पस इकाई नेतृत्वमा विद्यार्थी नेता बुढाथोकी सभापतिमा निर्वाचित !


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन १७ २०७९
  • 13.2K
    SHARES

©नेत्र बहादुर कार्की।

काठमाडाैँ । नेपाल विद्यार्थी संघ कोटेश्वर बहुमुखी क्याम्पसको ईकाई अध्यक्षमा सञ्जय बुढाथोकी निर्वाचित भएका छन् । आइतबार सम्पन्न अधिवेशनबाट उनी क्याम्पस ईकाई अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

विद्यार्थीहरुमाझ निकै लोकप्रीय बुढाथोकी दोस्रो कार्यकालका लागि ईकाई अध्यक्षमा निर्वाचित भएका हुन् । ईकाई अध्यक्षमा चार जना आकांक्षी रहेकोमा तीन जनाले उम्मेदवारी फिर्ता लिएका थिए ।

अध्यक्षका लागि मुकेश थापा, प्रभास केसी, रोस्मिता कार्की र बुढाथोकीले उम्मेदवारी दिएका थिए । तर थापा, केसी र कार्कीले उम्मेदवारी फिर्ता लिएपछि बुढाथोकी सर्वसम्मत निर्वाचित भएको केन्द्रीय प्रतिनिधि धिरज खत्रीले जानकारी दिए ।

आइतबार सम्पन्न  भएको १३ औ इकाई अधिवेशनमा प्रमुख अतिथिका रुपमा नेविसंघका पूर्व उपाध्यक्ष एवं प्रदेश सभाका उम्मेदवार  रत्न बहादुर कार्कीको  उपस्थित रहेको  थियो ।

विशिष्ट अतिथि साथै क्याम्पस ईकाईका पूर्व अध्यक्ष मुकुन्द कार्की  विशिष्ट अतिथि पार्टी महाधिबेशन प्रतिनिधि श्याम कार्की  विशिष्ट अतिथि लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश उपाध्यक्ष उमेश गुरुङ केन्द्रीय प्रतिनिधि धिरज खत्री  नेपाल कमर्स क्याम्पसका ईकाईन अध्यक्ष सरोज तिमिल्सिना  ने.बि. संघका नेता युबराज लामा आदर्श मल्ल लगाएतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

नवनिर्वाचित अध्यक्ष बुढाथोकीले क्याम्पसमा भएको अनियमिताविरुद्ध निरन्तर दवावमूलक कार्यक्रम गर्दै आएका छन् भने स्वतन्त्र विद्यार्थी युनियनले गरेका अनियमिताको छानविनको पनि माग गर्दै आएका छन् ।

कोरोनाकालमा विद्यार्थीहरुलाई घरघरमा पुगेर राहत बाँडेका बुढाथोकी कोटेश्वर क्याम्पसमा चर्चित छन् ।

 बिद्यार्थी नेताहरुको बिशेष सहभागिता रहेको थियो । कार्यक्रम  भब्य र सबय रुपमा सम्पन्न भएको थियो ।

“नेपाल विद्यार्थीसंघ कोटेश्वर बहुमुखी क्याम्पसको १३औं इकाई अधिवेशनबाट सर्वसम्मत रुपमा निर्वाचित भएकोमा प्रिय भाइ संजय  बुढाथोकीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।

“जन आवाज मिडिया हब प्रालि परिवार तथा जन प्रहार डटकम परिवार”

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४