Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाली बजारमा पेट्रोलियमको मूल्य यथावत्


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन १७ २०७९
  • 5K
    SHARES

काठमाडौँ । एक महिनाको अवधिमा पेट्रोलियम पदार्थको मूल्य दोस्रो पटक घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले अगस्ट १ मा पठाएको नयाँ मूल्य अनुसार पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य घटेर आएको हो ।

जुलाई १६ र अगस्ट १ को मूल्यसूची घटेर आउँदा प्रतिलिटर पेट्रोलमा ३२ रुपियाँ ५७ पैसा र डिजेलमा २५ रुपियाँ ७४ पैसा घटेको छ । आईओसीले आगामी १५ दिनका लागि उपलब्ध गराएको नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोल १६ रुपियाँ ८१ पैसा, डिजेल नौ रुपियाँ १८ पैसा र खाना पकाउने ग्यास प्रतिसिलिन्डर ७८ रुपियाँ घटेर आएको नेपाल आयल निगमले जनाएको छ । यसअघि जुलाई १६ मा पनि प्रतिलिटर पेट्रोल १५ रुपियाँ ७६ पैसा र डिजेल १६ रुपियाँ ५६ पैसा घटेर आएको थियो ।

पछिल्लो दुई पटक गरेर पेट्रोलमा प्रतिलिटर ३२ रुपियाँ ५७ पैसा घटेर आएपनि नेपाल आयल निगमले भने तत्काल मूल्य नघटाउने जनाएको छ । पनि घाटा कायम रहेकाले तत्कालका लागि मूल्य घटाउन नसकिने अवस्था रहेको निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले बताए । ‘सरकारले कर समायोजन गर्ने भनेर एकै पटक मूल्य नघटाएको भए अघिल्लो पटकदेखि नै मूल्य घटाउने थियौँ,’ उनले भने, ‘डिजेल र ग्यासमा अझै घाटा रहेकोले तत्काल घटाउन कठिन छ ।’

मूल्य घटेर आउँदा निगमको घाटा कम भए पनि इन्डियन आयल कर्पोरेसनलाई तिर्न अझै २३ अर्ब रुपियाँ बाँकी छ । मूल्य घटेर आए पनि प्रतिलिटर डिजेलमा नौ रुपियाँ ३७ पैसा र ग्यासमा पाँच सय रुपियाँ घाटा रहेको निगमको भनाइ छ । पेट्रोल लिटरमा दुई रुपियाँ, मट्टितेलमा १८ र हवाई इन्धनमा नौ रुपियाँ १८ पैसा नाफा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४