Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जसपा नेता गौतमले खोले ४० वर्षमुनिका युवाको दल


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन १६ २०७९
  • 2.5K
    SHARES

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता श्यामबाबु गौतमले नयाँ दल बनाएका छन् ।

केही समयदेखि निष्क्रिय रहेका गौतमले ४० वर्षमुनिका युवालाई समेटेर आफ्नो नेतृत्वमा पुनर्जागरण पार्टी दर्ता गरेका हुन् । पार्टीको महासचिवमा रविकिरण हमाल छन् । २१ सदस्यीय केन्द्रीय समितिमा ५० प्रतिशत महिला छन् ।

गौतमका अनुसार उनको समूहले दलको नाम चिया पार्टी, चुनाव चिह्न वाइफाइ र झण्डामा गाँजाको पात राखेर दल दर्ताका लागि निवेदन दिएको थियो । तर निर्वाचन आयोगले तीनवटै प्रस्ताव अस्वीकार गर्‍यो र नयाँ नाम, चिह्न प्रस्ताव गर्न भन्यो ।

त्यसअनुसार पुनर्जागरण पार्टी दर्ता भएको छ । आयोगको १२ साउनको बैठकले दल दर्ताको निर्णय गरेको छ ।

पूर्वीय दर्शनमा आधिरित मानवतावादलाई पार्टीको मार्गदर्शन सिद्धान्त बनाएको भन्दै अध्यक्ष गौतम भन्छन्, ‘अब जन संगठनहरुको नाम चाहिँ चिया पार्टी, वियर पार्टी, गाँजा पार्टी राख्ने योजना बनाएका छौं ।’ युरोपका थुप्रै देशमा यस्तो अभियान चलेको र पुराना दलहरुलाई व्यंग्य गर्न खोजेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४