निःशुल्क उपचार कसलाई ?
सरकारले तोकेका अस्पताल निःशुल्क सेवा लिनका लागि बिरामीमा मध्यम र गम्भीर समस्या भएको हुनुपर्छ । सरकारले तोकेका अस्पतालमा गए संक्रमितको उपचार निःशुल्क हुने व्यवस्था मिलाइएको सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए । ‘मध्यम वा गम्भीर प्रकृतिका बिरामीलाई तोकिएको सरकारी अस्पतालमा निःशुल्क उपचार सेवा पाउने व्यवस्था मिलाइएको छ,’ डा. अधिकारीले भने, ‘तर, अहिले निजीमा यो व्यवस्था लागु गरिएको छैन ।’
संक्रमितको संख्या बढ्दै गएमा निःशुल्क सेवा दिने अस्पताल विस्तार गरिने मन्त्रालयले जनाएको छ ।
बिरामीले सरकारले तोकेको अस्पतालमा बिरामीको अवस्थाको आधारमा भुक्तानी दिने डा. अधिकारीले बताए । मन्त्रालयका अनुसार मध्यम जटिल केसमा ७,००० रुपैयाँ र गम्भीर बिरामीको आईसीयू र भेन्टिलेटरमा उपचारका लागि १५,००० प्रतिदिन प्रतिबिरामी अस्पताललाई भुक्तानी दिइने छ ।
कहाँ पाइन्छ निःशुल्क उपचार ?
सरकारले कोरोना संक्रमितको उपचारका परामर्शको गर्नका १११५ हटलाइन नम्बर उपलब्ध गराएको छ । जुन बिहान ६ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ । त्यसैगरी, कोरोना संक्रमितको लक्षण भएका व्यक्तिहरुको सोधपुछका लागि ११३३ हटलाइनबाट निःशुल्क जानकारी लिन सकिनेछ ।

