Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उमाकुण्डका गाउँपालिका अध्यक्ष सुनुवारले १० लाख घुष खाएको ठेकेदारद्वार खुलासाः


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन १६ २०७९
  • 3.3K
    SHARES

© जन प्रहार प्रतिनिधि

काठमाडाैँ । रामेछापको उमाकुण्ड गाउँपालिकामा गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवार र ठेकेदार कम्पनीबीचको आर्थिक लेनदेनको कारण कामदाहरु पीडित बनेका छन् । उनीहरुले पाउनु पर्ने ज्यालको अत्तो पत्तो छैन् । उल्टै, गाउँपालिकाका अध्यक्ष सुनुवारले १० लाख रुपैयाँ झ्म् पारेको खुलासा जिम्मेवार निकायले नै गरेपछि थप जटिल बनेको छ । योसंगै त्यहाँ गाउँपालिका अध्यक्ष सुनुवारको चर्को आलोचना सुरु भएको छ । सडक मर्मत तथा सुधारको लागि रकम भुक्तानीमा समस्या देखिदा अख्तियारमा भ्रष्टचारको मुद्दा हाल्ने र घटनाको सत्य, तथ्य छानबिन गर्नु पर्ने सम्मको माग जनस्तरबाटै उठेको छ ।

यसअगाडि मजदुरहरुले एक वर्ष अघिदेखिको भुक्तानी ठेकेदारले नदिएको भन्दै गाउँपालिकामा पटक पटक ताकेता गर्दै आएका थिए । 

गाउँपालिकाको वडा नं ७ भुजीदेखि १ नं गुम्देलसम्म जोड्ने निर्माणाधिन मध्यमार्गी सडक निर्माणको काम चालु आर्थिक वर्ष २०७७र०७८ मा सम्पन्न भएर आर्थिक बर्ष सकिए पनि मजदुरले पाउनु पर्ने ज्याला बापतको रकम भने निर्माण कम्पनी लाल मेन्द्रो प्रा.लि. र मोतिदान कम्पनीसंगको समन्वयमा ठेक्का लिएर काम गरेको लाल मेन्द्रो कम्पनीबीचको आर्थिक चलखेल (घुष लेनदेन) हुदाँ मजदुरहरु अपत्रमा परेका हुन् ।  

पहिले काम गरेको ठेकेदार बद्री खड्का उनी निकट कुमार खड्का र पदम सुनुवारले कामबीचैमा छाडेर बेपत्ता भएका थिए । उनीहरु अहिले सम्पर्कमै छैनन् । यसरी बिचैमा छाडेको काम जे.बि.कम्पनी मोतिदान कन्स्ट्रक्सनले सम्पन्नता, गर्यो । तर, उसले कामदारलाई ज्याला दिनु पर्ने रकम भने हालसम्म पनि दिन सकेको छैन् । उसले पनि गाउँपालिकाबाट योजनाको बजेट भुक्तानी नपाउँदा समस्या भएको बताउदै आएको छ ।

योजनाको सडक मर्मत गर्दै स्थानीयहरु । 

प्रदेश सरकारको चार करोड र गाउँपालिकाको चार करोड गरी कूल आठ करोड लागतमा टेन्डर आह्वन गरिएकोमा करिब ४७ प्रतिशत बिलोमा ४ करोड ५० लाख बाराबरमा लाल मेन्द्रो प्रा.लि.ले ठेक्कामा लिएको थियो । उसले घाटा लागेको भन्दै कामबीचै छोडेर ठेकेदार सम्पर्क बिहिन बनेपछि मोतिदान कन्ट्रक्सनले काम पूरा गरेको हो । तर, काम जसो–तसो पूरा भएको पनि ठेकेदारले नै पूरा भुक्तानी पाएको छैन् । कामदारको ज्याला त, परको कुरा । गाउँपालिकासंगको समन्वयमा ठेकेदार कम्पनीले वडागत रुपमा त्यहाँकै स्थानीयहरुले रोजगारी पाउने गरि पेटी ठेकेदारहरु मार्फत काम त, गरे । तर, हालसम्म कामको ज्याला भने पाउन सकेका छैनन् । 

बद्री खड्का नाम गरेका ठेकेदार रहेको कम्पनी लाल मेन्द्रोले, बाँकी रहेको मोतिदान कन्ट्रक्सनलाई दिनु पर्ने र गाउँपालिकाले दिनु पर्ने अन्तिम किस्ता बापतको पैसा नदिदाँ उक्त कम्पनीले पनि कामदारलाई भुक्तानी चुक्ता गर्न पाएको छैन् । 

गाउँपालिकाको वडा नं १ का पेटी ठेकेदार समेत रहेका सोही ठाउँका स्थानीय प्रदिप बस्नेतका अनुसार हाल ८३ लाख बराबरको रकम गाउँपालिकाले ठेकेदार कम्पनीलाई भुक्तानी गर्न बाँकी  नै छ । कम्पनीले काम सम्पन्न गरेको भनेको छ । तर, गाउँपालिकाले काम गुणस्तरिय नभएको, ठेकेदारहरुले कामदारलाई दिनु पर्ने ज्याला बापतको रकममा हिसाब हिनामिना गरेको, समयमै काम सम्पन्न नगरेको बताउदै ८३ लाख भुक्तानी रोक्दा गाउँपालिका र कम्पनीबीच बिबाद चर्किदै आएको थियो । 

पेटी ठेकेदार प्रदिप बस्नेत भन्छन् गाउँपालिकाले ठेकेदार कम्पनीलाई दिनु पर्ने सबै रकम नदिएको, हिसाब जालझेल गरेको, काम राम्रो नगरेको, समयकै काम नसकेको भन्दै पैसा नदिने गाउँपालिकाले बताउदै आएको छ । यथार्थ के हो ? बुझ्न सकिएको छैन् । पहिले यही कुरा हुदाँ, हामीले गाउँपालिकाको अडान राम्रै  मानेक थियौं । तर, अहिले गत साउन ३ गते रातारात सो रकमको चेक वडा नं २ र ५ नम्बरका अध्यक्षहरुलाई गाउँपालिका अध्यक्षले दिएर काठमाडौं पठाएपछि घटना थप रहस्यमय बनेको छ, उनले भनेका छन् ।

यसअगाडि गाउँपालिकाले ठेकेदारले समयमै काम नगरेको भन्दै ठेकेदार कम्पनीलाई भुक्तानी नदिने भनि उसले पाउनु पर्ने अन्तिम किस्ता बापतको रकम रोक्दै आएको थियो । तर, ठेकेदार कम्पनी मोतिदान कन्ट्रक्सनका एमडीले गाउँपालिका अध्यक्षलाई तपाईले १० लाख घुष बापत खाएको पैसाको अख्तियारमा मुद्दा हाल्छु , भनेपछि गाउँपालिका अध्यक्ष सुनुवारले रातारात दुई अध्यक्षलाई चेक दिएर काठमाडौं कार्यालयमै पुर्याउन पठाएका थिए । 

गत साउन ३ गते चेक लिएर काठमाडौं पुगेका वडा नं २ बाम्ती र वडा नं ५ प्रितीकै वडा अध्यक्ष क्रमशः खम्बधोज बस्नेत र कुलबहादु बस्नेत (विकास) पुगेको खबर पाएपछि अध्यक्षहरुसंगै २०/२५ जना कामदारसहितको टिम लाल मेन्द्रो कन्ट्रक्सनको अफिसमा पुगेर छलफल गरेका छन् । सो छलफलमा गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले १० लाख घुष मागेको खुलासा भएको वडा अध्यक्ष खम्बधोज बस्नेतले जन प्रहारलाई स्पष्ट पारे । ‘चक्रपथभित्र रहेको मोतिराम कन्ट्रक्सनमा हामी, २०/२५ जना पुगेका थियौं, आकोशित हुदै मोतिराम कन्ट्रक्सनका एमडी विकास गौतमले गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले १० लाख घुष खाए भनेर बताएका हुन् ।’  उनका अनुसार अध्यक्ष सुनुवारले कम्पनीका निकट व्यक्तिहरुसँग गत निर्वाचनमा चुनाव लड्दा गाउँपालिका अध्यक्षले रकम लिएको बुझिएको छ । 

अध्यक्ष बस्नेतले थपे ‘मैले बिना प्रमाणको आरोप नलगाउनु भन्दा प्रमाण पनि देखाए । १० लाखको रकम उल्लेख भएको ‘पेपर’ रहेछ । त्यो मलाई, एक्लै माथि कोठामा बोलाएर देखाए । फोटो खिच्न खोजेको, खिच्न दिएनन् । तर, घटना संकास्पद् भने देखियो । चेकमा गाउँपालिका अध्यक्षको नाम भने, थिएन् । अर्कैको नाम थियो । अरुकै खातामार्फत पैसा दिएको गौतमसंगको कुराकानी उल्लेख गर्दै बस्नेतले घुमाउरो पारामा भनेका छन् ।  

गौतमले गाउँपालिका अध्यक्ष सुनुवारले आफूहरुलाई गालिगलोज गर्दै थर्काएको समेत आरोप लगाएको अध्यक्ष बस्नेतले बताएका छन् । १० लाखको चेक अर्कैको नाममा रहेको भन्दै गाउँपालिका अध्यक्ष सुनुवारले कम्पनीले झुटो आरोप पनि लगाएको हुन सक्ने भन्दै छलफलमा सहभागीहरुलाई भने उक्त कुरा बाहिर नल्याउन आफूले भनेको समेत अध्यक्ष बस्नेतले बताएका छन् । उनले फेरी थपे ‘चेक शेरबहादुर सुनुवारको नाममा थिएन । प्रमाणबीना यस्ता कुरा गर्नु राम्रो हुदैन । कसैले बोलेको भरमा त्यो सत्य हुदैन् । त्यसैले त्यहाँका साथिहरुलाई त्यस्तो कुरा बाहिर नगरौ भनिएको थियो । तर, सामाजिक संजालमा लेखेछन् । गुम्देलका पेटी ठेकेदार समेत रहेका प्रदिप बस्नेतले सामाजिक संजालमा गाउँपालिका अध्यक्षले १० लाख रुपैयाँ घुष मागेको खुलासा भएको लेखेका थिए ।

लेखिएको कमेन्ट ।

अध्यक्ष बस्नेतले गाउँपालिका अध्यक्षले हालसम्म त्यस्ता गतिविधि नगरेकाले त्यो कुरामा आफूलाई विश्वास नलागेकाले सत्य, तथ्य छानविन हुनु पर्ने र झुटसाबित भए कानुनी बाटोमा जानु पर्ने बताएका हुन् । आफूले पनि वडाभित्र काम गरेको भन्दै कामको भुक्तानी पूरा नभएको उनको गुनासो छ । ‘कम्पनीले काम लगायो । तर, हचुवाको भरमा पैसा दिएको छ, यसले मजदुरलाई दुःख दियो। कम्पनीले पाउनु पर्ने हिसाबमा पनि विभिन्न कारण देखाउदै कामदारहरुको रकममाथि हिनामिना गर्दै थोरथौरै पैसा दिएको छ, उनले सुनाएका छन् । 

छलफलमा मोतिलाल कन्ट्रक्सनका एमडी विकास गौतमले १० लाख गाउँपालिका अध्यक्ष सुनुवारलाई घुष बापत दिएको बताएको प्रदिप बस्नेतले पनि बताएका छन् । गाउँपालिका अध्यक्षलाई १० लाख दिएपछि यो चेक वडा अध्यक्षलाई दिएर पठाएको थाहा पाएपछि आफूले सत्य, तथ्य बुज्नको लागि सामाजिक संजालमा लेखेको बस्नेत बताउछन् ।

उनले पहिले छलफलको क्रममा कम्पनीका गौतमले खुलास्ता रुपमा पटक–पटक गाउँपालिका अध्यक्षलाई १० लाख रुपैयाँ दिएको कुरा दोहोर्याएको स्पष्ट पारे । त्यो कुरा सत्य हो ? कि हैन भने निवर्तमान वडा अध्यक्ष समेत रहेका कुँभुकास्थलिका रमेश सुनुवारले पुःन शोद्धा समेत गौतमले सत्य हो भनेका छन् बस्नेतले भने ।

यता गाउँपालिका अध्यक्ष सुनुवारले भने सामाजिक संजालमा चर्को आलोचना भएपछि गाउँपालिकाको लेटर प्याड्मा आफूले १० लाख रुपैयाँ घुष मागेको पुष्टि गर्न भन्दै चुनौती दिएका छन् । मंबलबार एक विज्ञप्ति जारी गर्दै गाउँपालिका अध्यक्ष सुनुवारले आफूलाई गलत आरोप लगाएको भन्दै त्यसको विरुद्ध कानुनी उपचारमा जाने र गलत गरेको भए पुष्टि गर्न भनेका छन् । ‘लान्छाना लागेको विषयमा कानुनी उपचारको लागि जाने छु, यस क्रममा आर्थिक लेनदेन गरेको पुष्टि भए जस्तो सुकै सजाय भोग्न तयार छु’, विज्ञप्तिमा लेखिएको छ ।

पालिका अध्यक्ष सुनुवारले जारी गरेको विज्ञप्ति हेर्नुहोस् ।

यसबारेमा थप बुझ्न  जन प्रहार प्रतिनिधिले गाउँपालिका अध्यक्ष शेर बहादुर सुनुवारलाई सम्पर्क गर्दा उनको ‘फोन अफ’ बतायो । यसैबीच गाउँपालिकाका स्थानीयहरुले गाउँपालिका अध्यक्ष सुनुवारले व्यक्तिगत आरोप प्रत्यारोपमा समेत गाउँपालिकाको लेटरप्याड्मा स्पष्टिकरण दिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनीहरुले तत्काल उक्त कार्यरोक्न चेतावनी समेत दिएका छन् । 

२०७४ को स्थानीय तहमा निर्वाचित भएर एक सफल कार्यकाल बिताएका सुनुवार गत वैशाख ३० को स्थानीय निर्वाचनमा पनि उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेद्वार जितबहादुर कटुवाललाई फराकिलो मतान्तरमा हराउदै बिजयी भएका हुन् ।

उनी एमालेबाट निर्वाचित भएका हुन् भने उपप्रमुखमा गाउँपालिकामा गत निर्वाचनमा पनि नेपाली कांग्रेसबाट उर्मिला कार्की बस्नेत निर्वाचित भएकी थिइन् । यो पटकको निर्वाचनमा पनि कांग्रेसकी उम्मेद्वार सावित्री सुनुवार बिजयी भएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४