Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शेखर कोइरालालाई काेराेना संक्रमण, अस्पतालमा भर्ना


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, साउन १४ २०७९
  • 3.2K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई कोभिड-१९ संक्रमण देखिएको छ। पछिल्लो समय कोभिड फैलिने क्रम बढिरहेका बेला मधेश प्रदेश घुमेर आएका कोइरालालाई कोभिड देखिएको हो।

ज्वरो आएपछि उनी शनिबार बिहान जँचाउन धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल पुगेका थिए। बिहान ५ बजे अस्पताल लगेर जँचाउँदा कोइरालालाई कोभिड पोजेटिभ देखिएको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताएका छन्।

ग्राण्डीमा नै आरटी पीसीआर चेकका क्रममा कोइरालालाई कोभिड संक्रम देखिएको हो। उनलाई अहिले ग्राण्डीको कोभिड आइसोलेसनमै भर्ना गरेर उपचार गरिँदैछ। थपलियाका अनुसार कोइरालाको स्वास्थ्य सामान्य छ।

कोइराला मधेश प्रदेशका बारा र पर्सा विभिन्न गाउँमा कांग्रेस कार्यकर्ता र स्थानीयबासीसँग अन्तरक्रियापछि राजधानी फर्किएका थिए।

कोइराला शनिबार विराटनगरको कार्यक्रममा सहभागी जाने तयारीमा थिए। तर अचानक स्वास्थ्यमा समस्या देखिएपछि जँचाउँदा कोभिड देखिएको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४