Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाललाई ‘आइटी हब’ को रुपमा विकास गर्नुपर्छ : मन्त्री कार्की


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन १३ २०७९
  • 3.7K
    SHARES

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई ‘आइटी हब’को रुपमा विकसित गर्नुपर्नेमा जोड दिएका छन् । नेपालको इन्सोरेन्स एग्रिगेटर ‘मेरो बीमा’ को आज उद्घाटन गर्दै मन्त्री कार्कीले मुलुकको समग्र विकासको निम्ति जलस्रोत, पर्यटन र व्यावसायिक कृषि क्षेत्र जस्तै गरी देशलाई ‘आइटी हव’ बनाउनुपर्नेमा जोड दिएका छन् ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले भने, “सूचना प्रविधिको विकास र विस्तारमा वर्तमान सरकार सदैव क्रियाशील रहेको छ, पछिल्लो समयमा भइरहेको सूचना र प्रविधिको विकासलाई मुलुकको समग्र विकाससँग जोडेर लैजानुपर्ने आवश्यकता छ, मुलुकको समग्र विकासको निम्ति जलस्रोत, पर्यटन र व्यावसायिक कृषि क्षेत्र जस्तै गरी यो देशलाई आइटी हव बनाउनुपर्ने छ ।”

सरकारी, नीजि, अन्य क्षेत्रको कार्यसञ्चालन र सेवा प्रवाहमा मात्रै नभई, आम जनताको दैनिक क्रियाकलापसमेतमा सूचना प्रविधि अनिवार्य आवश्यकताको रुपमा स्थापित भइसकेको उनको भनाइ छ ।

मन्त्री कार्कीले भने, “आजको युग प्रविधिको युग हो, अन्य क्षेत्रमा भन्दा सूचना प्रविधिको क्षेत्रको तीव्र गतिले विकास भइरहेको छ, हिजोको दिनमा कल्पनानै नगरेका कुरा सूचना प्रविधिको कारण आज यथार्थमा परिणत भएको छ, सूचना प्रविधिको विकासले सम्पूर्ण विश्व एक गाउँको रुपमा स्थापित भएको छ ।”

मोवाइल सेवाको बढ्दो प्रयोगले सूचना प्रविधिको माध्यमबाट सेवा दिने र लिने क्रम बढिरेहको बताउँदै उनले सरकारी कार्यालय क्रमशः सूचना प्रविधिमैत्री भइरहेको बताए । मन्त्री कार्कीेले सूचना प्रविधिको क्षेत्रमा भएको विकासको गतिका कारण बैँक तथा वित्तिय क्षेत्रका काम कागजरहित हुने विश्वास व्यक्त गरे ।

त्यसैगरी मन्त्री कार्कीले आजै नेपाल विश्व सहयोग सङ्घ र नेपाल सौरपानी मिडिया प्रालिले आयोजना गरेको ‘स्रष्टा सम्मान तथा लोकार्पण कार्यक्रम’ मा १४ कलाकार तथा साहित्यकारलाई सम्मान गरे । मन्त्री कार्कीले साहित्यकार प्राडा रामप्रसाद ज्ञवाली, समाजसेवी कलाश पनेरु, मोहन निरौला, सञ्चारकर्मी जीवन पराजुली, चलचित्र निर्देशक देवेन्द्र पाण्डे, कलाकार उत्तम के.सी. गायक तुलसी पराजुली, कलाकारद्वय हेमा पनेरु र पूर्ण नेपाली, पत्रकार प्रदीप परियार थापा, कलाकार श्रेया कार्की, समाजसेवी सरिता विक सरु, अभिनाथ न्यौपाने र सहिल खाँनलगायतलाई सम्मान गरे ।

सोही अवसरमा मन्त्री कार्कीले देशमै उपलब्ध स्रोत साधनको उपयोग गर्दै रोजगारीको सिर्जना गर्नुपर्नेमा जोड दिए । मन्त्री कार्कीले नेपाली साहित्य क्षेत्रले समृद्ध नेपाल निर्माणमा अझै सकारात्मक र सृजनात्मक भूमिका निर्वाह गर्नुपर्ने अपेक्षा गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४