काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफकि प्रहरी कार्यालयले ट्रपिर चालकहरूको लागू औषध चेकजाँच गरेको छ ।
साउन ९ गतेबाट प्रहरीले लागू औषध सेवन गरी सवारी चलाए नचलाएको सम्बन्धमा टएिचसी किटको प्रयोगले यस्तो कसिमिको जाँच गरेको हो ।
त्यस्तै, प्रहरीले हजिो राति काठमाडौँ उपत्यका ट्राफकि प्रहरी कार्यालय र जनस्वास्थ्य प्रयोगशाला, धुलखिेल तथा बनेपाको संयुक्त टोलीले भक्तपुरको जगाते सडकमा ट्रपिर चालकहरूलाई चेकजाँच गरेको छ ।
उक्त चेकजाँचको लागि आवश्यक प्रावधिकि टोली र टिएचसी किट जनस्वास्थ्य प्रयोगशाला, धुलिखेलले उपलब्ध गराएको प्रहरीले जनाएको छ ।
उक्त चेकजाँच कार्यलाई उपत्यका भर नै बृहतरूपमा सञ्चालन गरनिे प्रवक्ता प्रहरी वरष्ठि उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
