Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

२ करोड ५० लाख जीवन बिमा लिन नक्कली विवाह र हत्या, ६ जना पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन १३ २०७९
  • 4.2K
    SHARES

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूराेले बिमा बापतको ठूलो रकम भुक्तानी लिन विवाह दर्ता गरी सवारी दुर्घटना गराएको अभियोगमा ६ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

ब्यूराेले शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै बाँकेको कोहलपुर बस्ने २१ वर्षीय सर्जन विकको सवारी दुर्घटना गराएर हत्या र हत्यापश्चात् बिमा रकम असुल गरिएको सम्बन्धमा ६ जनालाई पक्राउ गरी संगठित अपराध र ठगीमा म्याद थप गरी अनुसन्धान सुरु गरेको जनाएको हो ।

पक्राउ परेका बाँके कोहलपुरका सपना मल्ल, सञ्जीव अर्याल, सरदार अहमद खाँ, टोपबहादुर राना, दीपक केसी र ललिता सापकोटालाई प्रहरीले सार्वजनिक पनि गरेको छ ।उनीहरूले २०७८ वैशाख २ गते बाँकेको कोहलपुर नगरपालिकामा २१ वर्षीय सर्जन विकको योजनाबद्ध दुर्घटना गराई साढे २ करोड बराबरको बिमा रकम लिएको अनुसन्धानबाट खुलेको ब्यूराेका प्रहरी अतिरिक्त महानिरीक्षक उत्तम राज सुवेदीले जानकारी दिए ।

उनीहरूले सवारी दुर्घटना गराएर बिमा रकम दाबी गर्ने उद्देश्यले सपना मल्लसँग सर्जनको विवाह दर्ता गराएका थिए । विवादअघि नै उनीहरूले सर्जनको जीवन बिमा र म्यादी जीवन बिमा गराएका थिए ।

दुर्घटनामा सर्जनको मृत्यु भएपछि २०७८ साउन १४ गते रिलायन्स लाइफ इन्स्युरेन्सबाट सपनाले बिमा रकम बुझेर कामना सेवा विकास बैंक कोहलपुरको खातामा जम्मा गरेको देखिएको छ ।

त्यस्तै, २०७८ पुस ३० गते नेपाल पुनर्बीमा कम्पनीले सर्जन विकको सवारी दुर्घटना शंकास्पद देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)लाई खबर गरेको र त्यसपछि ब्यूराेले अनुसन्धान गरेको सुवेदीले जानकारी दिए ।

दुर्घटना हुनुभन्दा दुई महिनाअघि मात्रै मृतकको नाममा बैंक खाता खोलिनु, विवाहअघि नै सपनालाई इच्छाएको व्यक्ति भनेर राखिनु र मृतकको त्यति ठूलो बिमा गर्ने आर्थिक हैसियत नहुनु लगायत शंकाका आधारहरू देखिएको पनि ब्यूराेका प्रहरी अतिरिक्त महानिरीक्षक सुवेदीले बताए ।

गिरोहका सदस्यले ठूलो रकमको विवाह गराई हत्या गरी मृत्युपश्चात् बिमा कम्पनीबाट आउने ठूलो रकम बाँडफाँड समेत गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४