Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पूर्वी र उत्तरी युक्रेनमा रुसकाे आक्रमण तीव्र


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन १३ २०७९
  • 3K
    SHARES

काठमाडौं । युक्रेनी सेना दक्षिणी शहर खर्सोन फिर्ता लिन अघि बढेपछि रुसी सेनाले उत्तर तथा पूर्वी युक्रेनमा आक्रमण तीव्र बनाएको छ ।

रुसी सेनाले युक्रेनी राजधानी किभलगायतका शहरमा आक्रमण तीव्र बनाएको हो । युक्रेकाे मध्य क्षेत्रको शहर क्रोपिभ्नित्स्की शहरमा रुसी मिसाइल आक्रमणबाट कम्तिमा ५ जनाको मृत्यु भएको छ । साेही आक्रमण परी २६ जना घाइते भएको युक्रेनी अधिकारीहरुले बताएका छन् । पूर्वी शहर बाखमतमा ३ जनाकाे मृत्यु भएकाे छ । राजधानी किभ नजिकै रुसी आक्रमणबाट १५ जना घाइते भएका छन् ।

खर्सोन पुनः नियन्त्रण गर्ने उदेश्यले युक्रेनी सेनाले खर्सोनको मुख्य पुलमा अमेरिकाले दिएको लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेपछि रुसी सेनाले अन्यत्र आक्रणमा बढाएको हो । युक्रेनले खर्सोनको एन्टोनिभिस्की पुलमा प्रहार गरेकाले रुसी सेना त्यहाँबाट अन्यत्र जान अप्ठेरोमा परेको जनाइएकाे छ ।

तर पुलमा युक्रेनी आक्रमण लगत्तै रुसी सेनाले त्यहाँ पन्टुन ब्रिज बनाईरहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४