काठमाडाैँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चित्त नबुझेमा पुनर्योगका लागि निवेदन दिन पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सूचना निकालेर पुनर्योग गर्न सकिने बताएको हो ।
प्रक्रिया पूरा गरी सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमा अथवा सोझै परीक्षा नियन्त्रण कार्यालयमा यही साउन २७ गते सम्ममा तोकिएको ढाँचामा निवेदन दिन आग्रह गरिएको छ । प्रतिविषय ५०० रुपैयाँ तिरेर निवेदन दिन सकिने कार्यालयले जनाएको छ ।
२०७८ सालको एसईईको परीक्षाफल बुधबार प्रकाशित भएको थियो ।
