Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछाप कांग्रेस केन्द्रिय कार्यालयमा”पार्टी जिल्ला सभापती बर्खास्तको माग “


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन ११ २०७९
  • 13.5K
    SHARES

काठमाडौं । रामेछाप पार्टी सभापती पुर्ण बहादुर तामाङ( कान्छाराम)ले पार्टिको निति तथा बिधिलाई नमानेको भन्दै सभापतीबाट बर्खास्त गर्न माग राख्दै रामेछापका कांग्रेस नेता तथा कार्यकर्ता केन्द्रिय कार्यालय सानेपा पुगेका छन् । पार्टी सभापती तामाङलाई सभापती पदबाट बर्खास्त गर्न माग राख्दै केन्द्रिय कार्यालयमा पार्टीका नेता तथा कर्ताहरु काठमाण्डौं पुगेका छन् । पार्टि सभापती तामाङ एकलौटी ढंगबाट चलेको र पार्टिका नेता तथा कार्यकर्ताको व्यवास्था गर्दै अलोकतान्त्रिक र अराजनीतीक ढंगले चलेको कार्वाहि  पत्रमा उल्लेख  गरेका छन ।

रामेछापका अधिकांश नेता तथा कार्यकर्ताहरुले १९ वटा सभापतीको कम्जोरी सहित आज केन्द्रिय कार्यालय सानेपा पुगेका छन् । १४ औं अधिबेशनबाट सभापती भए संगै सभापती तामाङले म सभापती हुँ म जे बोल्छु त्यो पार्टिको बिधान हो भन्दै सम्पुर्ण पार्टिको संरचना ध्वस्त बनाएको कांग्रेस नेताहरुले आरोप समेत लगाएका छन् ।

बिरोध पत्रमा सभापतीको कार्यशैली अलोकतान्त्रिक, अराजनीतीक, अराजक, सम्प्रदायिक भावबाट ओतप्रोत भएका कारण गएको स्थानिय तहको निर्वाचनमा पार्टिलाई अपुरणीय क्षती भएको उल्लेख गरेका छन । केन्द्रिय समितीमा बुझाएको पत्रका स्थानिय तहको निर्वाचनमा सभापतीको कारण गठबन्धन जिल्लामा हुन नसक्दा र गठबन्धन दलका नेता तथा कार्यकर्तालाई अराजनितिक ब्यवाहर गर्दा जिल्लामा पार्टीले ठुलो क्षेति ब्यहोर्न परेको उल्लेख गरेका छन ।

जिल्लाका पुर्व जिल्ला सभापतीहरु, पदाधिकारी, महासमिती सदस्यहरु, महाधिबेसन प्रतिनीधीहरु, जिल्ला कार्यसमिती ,प्रदेश सभापतीहरु,पार्टिका भातृ संस्थाका प्रमुखहरु गरी ३५ जनाले आज केन्द्रिय कार्यलयमा सभापती तामाङलाई सभापती पदबाट बर्खास्त गर्न माग गर्दै पत्र बुझाएको छन । यस अघि २५ जना जिल्ला कार्यसमिती सदस्यहरुले पनी सभापती तामाङको बिरुद्धमा ज्ञापन पत्र बुझाई सकेको छन ।

यस्तै छन् माग र सभापति प्रतिको असन्तुष्टि ।

१.जि‌. का.स.का वैठकहरुमा नेतृत्वबाट सदस्यहरुलाई अपहेलित गर्ने, निर्णय निमार्ण प्रकृयामा प्रस्ताव उपर मत बझाउने धारण प्रकट गर्ने भुमिकालाई समेट बन्चित गर्दै पुर्व निर्धारित निर्णयहरुलाई नै वैठकको निर्णय भनि अनुमोदन गराउने गलत परिपाटिको अभ्यास हुन । 

२.स्थानीय तहको निर्वाचनमा उम्मेदवारी तय गर्ने सन्दर्भमा विधानले ब्यवस्था गरेको अनिवार्य प्रावधानलाई ब्यवास्ता गरि पार्टी संगठनका तहगत सिफारिस समेतलाई अवमुल्यन गर्दै स्थानियतहका उम्मेदवारी छनौट, कार्यपालिकाहरुका उम्मेदवारी छनौट, जिल्ला समन्वय समितिको उम्मेदवारी छनौट जस्ता प्रक्रियामा नेपाली काँग्रेसको विधान अनुशार संसदिय दल गठन गरि संसदिय दलले सिफारिस गरेका उम्मेदवारहरुलाई जिल्ला कार्य समितिबाट अनुमोदन गराई टिकट वितरण गर्नुपर्नेमा सो नगरी सिमित पधाधिकारीहरु मात्र वसी अवैध ढंगले मनपरी टिकट वितरण हुदाँ नेपाली काँग्रेसले विजय प्राप्त गर्ने सम्भावना रहेका धेरै वडा र पालिकाहरुमा पार्टीले पराजयको मार वेर्होनु ।

३.पार्टीमा अनवरत लोकतन्त्रका लागी लामो योगदान पुऱ्याउनु भएका निष्ठावान, इमान्दार र योग्यतम नेता तथा कार्यक्रताहरुलाई मानमर्दन गर्दै उम्मेदवारीको अवशर समेत नदिनु साथै राजनैतिक नियुक्तीको अवशरबाट वन्चित गर्दै स्वइच्छाले मनोमानी सिफारिसहरु गरिनु ।

४.पार्टीको विधि, विधान र पद्धती विपरित आग्रह(पर्वाग्रहको आधारमा अनुशासनको कावाही गर्ने भन्दै पार्टी र पार्टीका भात तथा शुभेच्छक संघ संस्थाका निष्ठावान नेता तथा शुभेच्छुकहरुलाई आतंकित पार्दै माथिल्लो निकायमा नाजायज सिफारिस गरिनु ।

५.पार्टीको विधानले परिकल्पना र ब्यवस्था गरेको पार्टी संरचना भन्दा वाहिर पधाधिकारी वैठकको नाममा अनुचित र अवैध निर्णयहरु गरिनु र सोलाई पार्टी तहमा मान्न बाध्य वनाइनु साथै जि।का।स। वैठकमा गणपुरुक संख्या विना नै निर्वाचित विभिन्न तहमा पदासिन ब्याक्तीहरुको राजिनामा स्वीकृत गर्ने पदपुर्ति गर्ने अनाधिकृत कार्य भएको

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४