काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एसईईको नतिजा सार्वजनिक गरेको छ ।
भक्तपुरको सानोठिमीमा पत्रकार सम्मेलन गर्दै बोर्ड सदस्यसचिव दुर्गाप्रसाद अर्यालले नतिजा सार्वजनिक गर्नुभएको हो ।
यस वर्ष सबैभन्दा बढी ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६ सय ३३ छन् । जुन कुल विद्यार्थीको १.९४ प्रतिशत हो ।
एसईईको परीक्षाफल नेपाल टेलिकमबाट हेर्न सकिने
नेपाल टेलिकमले एसईई परीक्षाको परीक्षाफल प्राप्त गर्न विभिन्न माध्यमबाट व्यवस्था गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीबाट प्रकाशित हुने परीक्षाको परीक्षाफल कल गरेर, एसएमएस तथा वेबसाइटबाट प्राप्त गर्न सकिने टेलिकमका प्रवक्ता शोभन अधिकारीेले जानकारी दिनुभयो ।
नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइल र सीडीएमएबाट १६०० डायल गरी प्राप्त निर्देशन पालना गरेर नतिजा थाहा पाउन सकिने उहाँले बताउनुभयो ।
यस्तै, मोबाइलको म्यासेज बक्समा अंग्रेजीमा SEE लेखेर एक स्पेश छाडी अल्फाबेट सहितको सिम्बल नम्बर टाइप गरी १६०० मा पठाएर पनि नतिजा थाहा पाउन सकिनेछ ।
साथै नेपाल टेलिकमको वेबसाइट https://see.ntc.net.np/ मार्फत मार्कसिट सहितको नतिजा प्राप्त गर्न सकिनेछ । जसका लागि सिम्बोल नम्बर र जन्ममिति सही हुनुपर्नेछ ।
कम्पनीले उपलब्ध गराएको नतिजा जानकारीको लागि मात्र भएको र प्रामाणिक विवरण सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयको अभिलेखमा हुने प्रवक्ता अधिकारीले बताउनुभयो ।
परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरे पश्चात् परीक्षाफल हेर्न सकिने छ ।
नतिजा बुधवार वा बिहीबारसम्ममा प्रकाशित हुने परीक्षा नियन्त्रण कार्यालयले यसअघि नै जानकारी गराइसकेको छ ।
