Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गडरिया दम्पतीको हत्या भएको पुष्टि


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन ११ २०७९
  • 3.5K
    SHARES

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१४ ओढारपुरका गडरिया दम्पतीको हत्या भएको पुष्टि भएको छ । इलाका प्रहरी कार्यालय, कोहलपुरले आज पत्रकार सम्मेलनको आयोजना गरी कृष्ण गडरिया र उनकी श्रीमती अञ्जली गडरियाको हत्या दाइ र भाउजूको मिलेमतोमा भएको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए ।

उनका अनुसार कृष्णका दाइ विजय र भाउजूू रेखाले भारतबाट दुईजना कन्ट्रयाक किलर ९हत्यारा० लाई बोलाएर कृष्ण र अञ्जलीको हत्या गरिएको हो । कृष्ण र अञ्जलीको हत्या गर्न भारतबाट दुई जनालाई रु ५०-५० हजार दिएर बोलाइएको थियो । गए राति ११ देखि १२ बजेको बीचमा कृष्ण र अञ्जलीको हत्या भएको प्रहरीले जनाएको छ ।

भाइ र बुहारीको हत्या गर्न विजयले दुई जना भारतीयलाई केही दिनअघि कृष्ण र अञ्जली सुत्ने ठाउँ, जाने बाटो, ढोकालगायतको भिडियो बनाएर दिएका थिए ।

दुई जनाको हत्या हुँदा माथिल्लो तलामा विजय र रेखा रहेको भनिए पनि हत्या हुँदा विजय तल नै रहेको प्रहरीको दाबी छ । घटनास्थलमा गोलीको खोकासमेत फेला परेको छ । दुवै दाइ र भाउजूूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४