Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सीसीटीभी फुटेज प्रकरण : प्रहरीले बुझायो प्रतिवेदन


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन १० २०७९
  • 6.1K
    SHARES

काठमाडाैँ । नेपाल प्रहरीको फरेन्सिक ल्याबले बजेट तर्जुमामा अनधिकृत व्यक्ति प्रवेशबारे छानबिन गरिरहेको संसदीय समितिलाई अर्थ मन्त्रालयको सीसीटीभी फुटेजसम्बन्धी प्रतिवेदन बुझाएको छ । प्रतिवेदन सोमबार समितिलाई बुझाइएको हाे ।

अर्थ मन्त्रालयले बजेट तर्जुमाको दिनको फुटेज डिलिट भइसकेको भन्दै समितिलाई रेकर्डिङ सिष्टम नै बुझाएको थियो । उक्त डिभाइस रिकभरका लागि समितिले साउन ४ गते ल्याबमा पठाएको थियो । समिति सचिव सुरेन्द्र अर्यालले उक्त प्रतिवेदन प्राप्त भएको बताए । सिलबन्दी रूपमा प्राप्त प्रतिवेदन समिति बैठकमा खोलिनेछ ।

राजनीतिक नेतृत्व र कर्मचारीको बयानमा कुनै ठोस तथ्य फेला नपारेको समितिले फुटेजको निष्कर्षमा आधारित भएर थप अनुसन्धान बढाउने तयारीमा छ । समितिले पहिलो बैठकबाटै मन्त्रालयसँग जेठ १४ गते बजेट तर्जुमा कक्षको फुटेज मागेको थियो।  दुई पटकसम्मको ताकेतामा अर्थले समितिलाई अन्य महिनाको फुटेजमात्र दिएको थियो ।

पुनः ताकेतापछि सीसीटीभी सम्बद्ध सबै सिष्टम नै समितिलाई उपलब्ध गराएको हो । डिभाइस प्राप्त भएपछि समितिले विषयविज्ञसँग परामर्श गरेर निर्णय गरेको हो । आइतबार समितिले सिंहदरबारका दुई मूल प्रवेशद्वारको फुटेजसमेत माग गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४