Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चितवनमा श्रीमतीको हत्या गरी भाग्न खोज्दा श्रीमानको पनि मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन ९ २०७९
  • 2.5K
    SHARES

चितवन । चितवनको भरतपुरमा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । श्रीमतीको हत्या गरेर घरको छतबाट भाग्न खोज्दा तीन तला माथिबाट खसेर श्रीमानको पनि मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका वडा नं. १० रमाइलो चोक बस्ने ४३ बर्षिय  कृष्णप्रसाद आचार्यले घरायसी विवाद हुँदा धारिलो हतियार प्रहार गरी ३५ वर्षीया श्रीमती रुष्मा आचार्य (घिमिरे)लाई घरको बैठक कोठामा गम्भिर घाइते बनाएका थिए । उनको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी नरहरी अधिकारीले जानकारी दिए ।

श्रीमतीलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेपछि श्रीमान कृष्णप्रसादले घरको तीनतला माथिबाट हामफालेर भाग्न खोज्दा उनी गम्भिर घाइते भएका थिए । उनको पनि उपचारको क्रममा सोही मेडिकल कलेजमा मृत्यु भएको प्रहरी प्रवक्ता डीएसपी अधिकारीले जानकारी दिए । दुबै जनाको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

कृष्णप्रसाद वैदेशिक रोजगारीबाट डेढ महिना अघि मात्रै फर्किएका थिए । उनकी श्रीमती रुस्मा शिक्षिका हुन् । श्रीमान् विदेशबाट फर्किएदेखि नै उनीहरुबीच घरायसी कुरामा झगडा हुने गरेको छिमेकीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । श्रीमान-श्रीमतीको बोलचालसमेत नभएको र घरको अलग-अलग फ्ल्याटमा बस्ने गरेको स्थानीयले जानकारी दिए । उनीहरुको १२ वषर्ीया एक छोरी छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४