Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आयल निगमको एक वर्षको घाटा ५५ अर्ब


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन ९ २०७९
  • 3.8K
    SHARES

काठमाडौं । मुलुकमा इन्धन आपूर्ति र कारोबारको एकाधिकार भएको नेपाल आयल निगमले एक आर्थिक वर्षमै ५५ अर्ब रुपैयाँ घाटा व्यहोरेको छ ।

सबै प्रकारका सञ्चिति कोष रित्तिएर आर्थिक वर्ष २०७८/७९ मा यो आकारको अनुमानित घाटा व्यहोरेको निगम उच्च स्रोतले जनाएको छ । ‘आर्थिक वर्ष अन्त्यको प्रारम्भिक अनुमानमा यो आकारको घाटा देखिएको छ,’ स्रोतले भन्यो, ‘भलै अन्तिम लेखापरीक्षण प्रतिवेदनमा केही मौज्दात इन्धनको रकम हिसाब गर्दा थोरै रकम तलमाथि हुनसक्छ ।

यस वर्षको प्रारम्भिक नोक्सानी इतिहासमै हालसम्मकै उच्च भएको निगमको दाबी छ । आव २०७७/७८ मा निगमले ४ अर्ब घाटा व्यहोरेको थियो ।

अघिल्लो वर्षसम्म आफ्नो सञ्चित कोषमा रहेको २६ अर्ब रकम खर्च गरेर पनि निगम अहिले ३५ अर्ब ऋणमा चलेको स्रोतको दाबी छ । ‘निगमले १० अर्ब रुपैयाँ ऋण लिएर भारतीय आयल कर्पोरेसन (आईओसी) लाई भुक्तानी गर्दा पनि अझै ३५ अर्ब उधारो बाँकी छ,’ स्रोत भन्छ, ‘भारतको ऋण नेपालमा सरेको मात्रै छ ।

गत वर्षको तुलनामा खपत र लागतमा उच्च वृद्धि हुँदा निगमको नोक्सान अनपेक्षितरुपमा बढेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको भारी वृद्धिसँगै इन्धनको लागत दोब्बरले बढ्नु, निगमलाई घाटा रहेको पेट्रोल र खाना पकाउने ग्याँसको बिक्री बढ्नु लगायतका कारणले निगमको वित्तीय अवस्थामा थप दबाब सृजना गरेको उनको भनाइ छ ।

आव २०७८/७९ मा नेपालले ३ खर्ब १० अर्बको पेट्रोलियम कारोबार गरेको थियो । जुन अघिल्लो वर्षको तुलनामा दोब्बर बढी हो । आव २०७७/७८ मा निगमले १ खर्ब ५८ अर्बको पेट्रोलियम पदार्थ खरिद गरेको थियो ।

महँगीको वर्ष पनि पेट्रोल र ग्याँसको बिक्री बढ्यो

इन्धनको मूल्य स्रोतबाटै उच्च वृद्धिका बाबजुत पनि त्यसको असरबाट अर्थतन्त्र र निगमको क्षति रोक्न नसकिएको उनले बताए । निगमले खपत कम गर्नका लागि गरेको अनेक आग्रह समयमै पालना नहुँदा खराब वित्तीय अवस्थामा सृजना भएको उनले बताए । ‘दोब्बर महँगीका बाबजुत पनि विलासिताका वस्तुको उपयोग झनै बढ्न पुग्दा निगममा आर्थिक संकट गहिरियो,’ उनले थपे, ‘यस्तो महँगीको वर्ष पनि पेट्रोल र ग्याँसको बिक्री बढेको छ ।’

आव २०७८/७९ मा अघिल्लो वर्षको तुलनामा पेट्रोलको बिक्री २४ प्रतिशत, डिजेलको बिक्री २ प्रतिशत र ग्याँसको बिक्री १२ प्रतिशत रहेको उनले बताए ।

आव २०७७/७८ मा ७ लाख २९ हजार ८०९ किलोलिटर पेट्रोल बिक्री भएको छ । जुन गत आवमा ५ लाख ८७ हजार ६७७ किलोलिटर मात्रै थियो ।

यस्तै अघिल्लो वर्ष १६ लाख ९८ हजार ४२७ किलोलिटर डिजेल ब्रिकी भएकामा गत आवमा यस्तो बिक्री १७ लाख २६ हजार ३१८ किलोलिटर पुगेको निगमले जनाएको छ ।

आव २७८/७९ मा ग्याँस बिक्री ५ लाख ३६ हजार ३२९ मेट्रिकटन पुगेको छ जबकी आव २०७७/७८ मा ग्याँसको बिक्री ४ लाख ७७ हजार ४५२ मेट्रिकटन मात्रै थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४