Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

खल्तीले फेरी ल्यायो एक रुपैयाँमा हवाई टिकट र आइफोन जित्ने मौका


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन ८ २०७९
  • 1.9K
    SHARES

काठमाडौं । खल्तीले हवाई टिकट बुकिङमा आफ्नो एकदमै सफल मानेको योजना ‘रुपैयाँ –१ को फ्लाइट टिकट’ अफर पुन : ल्याएको छ।

यो योजना अन्तर्गत् फ्लाइट टिकटहरू खरिद गर्ने खल्ती प्रयोगकर्ता मध्ये हरेक हप्ता दुई भाग्यशाली बिजेताले एक रुपैयाँमा फ्लाईट टिकट जित्न सक्नेछन्। साथै, बम्पर पुरस्कार स्वरूप एक भाग्यशाली विजेताले आईफोन–१३ जित्ने मौका समेत रहेको छ ।

यसैगरी खल्तीबाट पहिलो फ्लाईट टिकट बुकिङ्गमा प्रदान गर्दै आएको २५० रुपैयाँकोे क्यास ब्याकमा वृद्धि गरि ५ सय भएको छ । खल्ती प्रयोगकर्ताले प्रोमोकोड प्रयोग गरि आफ्नो पहिलो फ्लाइट टिकट बुकिङ्गमा १० प्रतिशत क्यास ब्याक (५ सय रुपैयाँ सम्म) पाउनेछन् ।

यो अफर श्रावण ५ ,२०७९ देखि भाद्र १५ सम्म लागू हुने खल्तीले जनाएको छ । केवाईसी भेरिफाइ भएका प्रयोगकर्ताहरूले यो अफरमा भाग लिन सक्नेछन् ।यसका साथै तत्काल टिकट बुकिङ विकल्पसहितका विभिन्न एयरलाइन्सको मूल्य इन–एपनै तुलना गर्न सकिने र टिकट प्रिन्ट पनि गर्न नपर्ने जस्ता सुविधाले उडान बुकिङलाई अझ सजिलो बनाइएको खल्तीको भनाई छ ।

खल्तीमा आफ्नो बैंक खाता लिङ्क गर्ने प्रयोगकर्ताहरूले खल्ती प्रयोग गरि केही ट्यापमै आफ्नो फ्लाइट टिकट र अन्य बिलहरू जस्तै पानी, इन्टरनेट, बिजुली र उपलब्ध सरकारी राजस्वहरू बुक गर्न प्रत्यक्ष भुक्तानी गर्न सक्नेछन्। नेपालको फिनटेक उद्योगमा खल्तीले आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डको रूपमा स्थापित गर्न सफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४