Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पुष्पलालको स्मृतिमा ओलीले गरे कांग्रेसको आलोचना


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, साउन ७ २०७९
  • 2.1K
    SHARES

काठमाडौँ  ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भीमदत्त पन्तको नाम लिँदा कांग्रेसलाई सिरिङ्ङ हुने बताएका छन् । कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवसका आयोजित कार्यक्रममा ओलीले यस्तो बताएका हुन् ।

सहिद भीमदत्त पन्तको टाउको कांग्रेसले नै कटाएको उनको आरोप छ । ‘मातृकाप्रसाद कोइराला प्रधानमन्त्री छँदा २०१० सालमा भीमदत्त पन्तको टाउको कांग्रेसले कटाएको थियो । त्यसैले कांग्रेसले भीमदत्तलाई सहिद मान्दैन,’ ओलीले भने ।

उनले प्रजातान्त्रिक लडाइँमा सहिद भएकाहरूलाई कांग्रेसले उचित सम्मान दिन नसकेको टिप्पणी पनि गरेका छन् । भीमदत्त र विद्यार्थी नेता चिनियाँ काजीको नाम लिँदा कांग्रेस सिरिङ्ग हुने गरेको भन्दै उनले व्यङ्ग्य गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले दुर्गानन्द झाले राजा महेन्द्रको गाडीमाथि बम हान्दा कांग्रेसले जिम्मेवारी नलिएको र सहिद पनि नमानेको बताए । ‘उनले बम हानेका थिए भने कांग्रेसकै कार्यकर्ताका रूपमा परिवर्तनका लागि हानेका थिए,’ अध्यक्ष ओलीले भने, ‘ तर कांग्रेसले त्यसको ओनरसीप लिएन । दुर्गानन्दलाई सहिद मानेनन् ।

भीमदत्तमात्र नभई दुर्गानन्द झा, यज्ञबहादुर थापा, भीमनारायण श्रेष्ठलाई पनि नसम्झिएको बताए । सत्ता स्वार्थका कारण कांग्रेसले विगतमा आन्दोलन गर्नेहरूलाई सम्झिन नसकेको ओलीको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४