Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कालो पुलमुनि फेरि फस्यो गाडी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन ५ २०७९
  • 3K
    SHARES

काठमाडौं । बागमती करिडोर अन्तर्गत ललितपुरको सानेपाबाट टेकु निस्किने कालो पुल मुनिको सडकमा जमेको पानीमा मिनी ट्रक फसेको छ । गाडीको आधा भाग पानीमा डुबेको छ ।

केही युवाहरुले डोरीले बाँधेर गाडी निकाल्ने प्रयास गरे पनि सफल भएनन् । यद्यपि अन्य उपाय लगाएर भए पनि गाडी निकाल्ने प्रयास भइरहेको छ ।

सो सडकमा सामान्य वर्षा  हुँदा पनि पानी जम्ने गरेको छ । सो सडकको अवस्थाबारे जानकारी नभएकाहरु त्यहाँ फस्ने गरेका छन् ।

यसअघि २६ जेठमा पनि सोही पुलमुनि जमेको पानीमा गाडी फसेको थियो । यसैगरी २७ असारमा बल्खु पुल मुनिको करिडोर सडकमा पनि गाडी फसेको थियो । ती गाडीलाई डोरीको सहयताले तानेर बाहिर निकालिएको थियो ।

पछिल्लो समय नदी किनारमा करिडोर सडक बनेका कारण बागमती नदी आफ्नै धारमा बगेको छ । तर कतिपय ठाउँमा नदीको सतहभन्दा सडक गहिराइमा हुँदा बेला-बेला डुबानको समस्या पनि देखिने गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४