Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युरोकप महिला फुटबलको क्वाटरफाइनलका खेल आजदेखि सुरू


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन ४ २०७९
  • 6.5K
    SHARES

काठमाडौं । युरोकप महिला फुटबल च्याम्पियनसिपको क्वाटरफाइनलका खेलहरू आज (बुधबार) बाट सुरू हुने भएका छन् ।

प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा बुधबार राति इंग्ल्याण्डले स्पेनको सामना गर्ने भएकाे हाे । यो खेल ब्राइटनको एमेक्स रंगशालामा हुने भएकाे छ । लगातार १७ खेलसम्म अपराजित टोली इंग्ल्याण्ड बुधबारको खेल जित्दै प्रतियोगिताको सेमिफाइनलमा पुग्न चाहन्छ ।

उता फिफा वरियतामा इंग्ल्याण्डभन्दा एक स्थान माथि सातौं नम्बरमा रहेको स्पेन पनि बुधबारको खेल जित्दै प्रतियोगितामा आफ्नो दावेदारी पस्कन चाहन्छ । समूह चरणमा अष्ट्रिया, नर्वे र नर्दन आयरल्याण्डलाई हराउँदै इंग्ल्याण्ड समूह विजेताको रुपमा क्वाटरफाइनलमा पुगेको हो ।

स्पेन भने समूहमा जर्मनीसँग पराजित हुँदा डेनमार्क र फिनल्याण्डलाई हराउँदै समूह उपविजेताको रूपमा क्वाटरफाइनलमा उक्लिएको हो । महिला युरोकप फुटबलका अन्य क्वाटरफाइनल खेलहरूमा जर्मनी र अष्ट्रिया, स्वीडेन र बेल्जियम तथा फ्रान्स र नेदरल्याण्ड्स भिड्ने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४