Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आठ वर्षीया बालिकामाथि बलात्कारको घटनामा गाउँमै मिलापत्र


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन ३ २०७९
  • 3.1K
    SHARES

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकामा आठ वर्षीया बालिका माथि बलात्कार भएको घटना छ महिनापछि सार्वजनिक भएको छ । गत माघ ५ गते कानेपोखरी गाउँपालिका– ६ का एक पुरुषले बालिकालाई बलात्कार गरेका थिए । घटना भएकै दिन बेलुका गाउँमै मिलापत्र भयो । मिलापत्र भएको छ महिनापछि घटना सार्वजनिक भएको हो ।

घटना सार्वजनिक भएपछि प्रहरीले आरोपीलाई पक्राउ गरेको छ । पीडित बालिकाका बाबुले असार ३० गते दिएको जाहेरीका आधारमा प्रहरीले कानेपोखरी गाउँपालिका– ६ का ४३ वर्षीय काजिमान पुरीलाई पक्राउ गरेको हो । पक्राउ परेका पुरीमाथि म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजन कार्कीले बताएका छन्  । पुरीलाई सोमबार पक्राउ गरिएको उनले बताए । मिलापत्र गराएको विषयमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

बालिकाका आफन्तका अनुसार गत माघ ५ गते पुरीलाई बाटोमा खेलिरहेकी बालिकालाई आफ्नो घरमा लगेर बलात्कार गरेका थिए । बलात्कारको हल्ला गाउँमा फैलिएपछि सोही दिन ७–८ जना गाउँका अगुवाले आरोपीलाई माफी माग्न लगाएर मौखिक मिलापत्र गराए ।

मिलापत्रका लागि भेला भएका अगुवाले क्षतिपूर्ति बापत केही रकम बालिकाको परिवारलाई दिएको स्रोतको भनाइ छ ।

घटना हुँदा पीडितका बुबा भने घरमा थिएनन् । ‘म त बाहिर थिएँ, मलाई कसैले सुनाएनन् पनि’, बालिकाका बुबाले भने, ‘छोरीलाई पिसाबमा समस्या भएपछि पटक पटक डाक्टरलाई देखाएँ, भर्खरै मात्र घटना थाहा भयो ।

बालिकाका बुबा जागिरको शिलशिलामा मोरङ बाहिर थिए । घर आएको लामो समयसम्म आफूलाई जानकारी नदिएको उनले बताए । बिरामी भएकी छोरीलाई सोधीखोजी गर्दा आफूले घटनाका विषयमा थाहा पाएको उनले बताए ।

उनका अनुसार घरमा श्रीमती र छोरी मात्रै थिए । ‘घटनाका बारेमा मैले थाहा पाएपछि श्रीमतीलाई सोधे, उनले ज्यान मार्ने धम्की दिएकाले नसुनाएको भनिन्,’ उनले भने, ‘आमा छोरी मात्रै बस्छौ भन्दै धम्की दिएका रहेछन् ।

छोरीलाई पनि कसैलाई नसुनाउन भनेर धम्की दिएको उनले बताए । धम्कीका कारण आमा छोरीले नै उनलाई घटनाका बारेमा सुनाएनन् । ‘बुझ्दाखेरि गाउँमा अलेली हल्ला सुने, छोरीले पनि सुनाइन्,’ उनले भने, ‘मैले थाहा पाउने वित्तिकै प्रहरीलाई खबर गरें ।’ उनका अनुसार घटनाका कारण छोरीको स्वास्थ्यमा समस्या छ ।

घटना भएकै दिन गाउँमा मिलापत्र गराएका अगुवाले आरोपीलाई छुटाउने प्रयास गरिरहेको एक जना स्थानीय बासिन्दाले बताए । ‘पीडक पक्ष पीडित भन्दा आर्थिक रुपमा सम्पन्न नै छन्,’ उनले भने, ‘पीडित परिवारलाई न्याय नपाउने हो कि भन्ने चिन्ता छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४