Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ईश्वर पोखरेलको प्रश्न : एम अधिकारीका विषयमा धेरै खनजोत किन ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन ३ २०७९
  • 2.9K
    SHARES

विराटनगर । नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेको अर्थ तथा योजना विभागका सदस्य एम अधिकारीको विषयमा धेरै सोधिखोजी नगर्न आग्रह गरेका छन् ।

उक्त विभागका सदस्य एम अधिकारी हालका गभर्नर महाप्रसाद अधिकारी नै भएको दावी गर्दै विभिन्न राजनीतिक दल र विद्यार्थी संगठनले राजीनामा माग गरिरहेका छन् । मंगलबार विराटनगरमा प्रेस चौतारीले गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेल सम्बन्धित व्यक्तिले बोलिसकेका कारण थप बहस गर्न आवश्यक नरहेको जिकिर गरे ।

‘व्यक्तिले आफ्नो के हो भनेर पोजिसन बताएका छन् सम्बन्धित दलले आफ्नो पोजिसन बताएको छ,’ पोखरेलले भने,‘भनेपछि त्यसमा अरु किन खनजोत धेरै ?’

उनले जरुरत परे एम अधिकारीको परिचय सार्वजनिक गर्ने बताए । ‘के हो भन्ने कुरा सम्बन्धित व्यक्तिले भनेका छन्’, उनले फेरि भने, ‘पार्टीले हो कि होइन भनेर बोलेको छ, सकियो नि त ।’राजनीतिक दलभित्र कतिपय विषयमा गोपनीयता राख्नुपर्ने भन्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले एम अधिकारीको नाम सार्वजनिक गर्र्नुनपर्ने जिकिर गरे । उनले भने,‘…राजनीति दलहरुभित्र कतिपय त्यस्ता कुराहरु हुन्छन्, सबै सार्वजनिक गर्नुपर्छ भन्ने हुन्छ ? हुदैन नि ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४