Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

साउनको पहिलो सोमबार महादेवको मन्दिरमा श्रद्धालुको घुइँचो (तस्बिरहरू)


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन २ २०७९
  • 11.7K
    SHARES

काठमाडौँ । साउनको पहिलो सोमबार आज पशुपतिनाथको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । भगवान् शिवको प्रिय महिना साउन र प्रिय बार सोमबार मानिन्छ । यस दिनमा शिवलाई मनपर्ने बेलपत्र, जल, पञ्चामृतद्वारा पूजाअर्चना गरिन्छ । आज पहिलो सोमबार परेको छ ।

यो महिना र दिन शिवको स्तुति मानव तथा चराचर जगतका लागि निकै कल्याणकारी रहन्छ भन्ने शास्त्रीय मान्यता रही आएको छ । पहिलो सोमबार, हिन्दू धर्मावलम्बी नारीहरूले भगवान् शिवको पूजा आराधना गरी मनाउँदैछन् ।

पार्वतीले श्रावण महिनामा निराहार रही कठोर व्रत बसेर भगवान् शिवलाई प्राप्त गरेको धार्मिक कथन अनुसार विशेषगरी हिन्दु महिलाहरूले यसलाई बढी महत्त्व दिने गरेका छन् । यो वर्ष श्रावणमा ५ वटा सोमबार परेकोले यस झन् विशेष महत्त्व छ ।

यो महिना व्रत बसी शिवको पूजा गरे आफू, श्रीमान्, सन्तान एवं परिवार सबैको कल्याण हुने धार्मिक विश्वास छ । हिन्दु पुराणहरूमा मुख्य तीन थरी व्रतको चर्चा पाइन्छ । साउने सोमबार, सोह्र सोमबार र सोम प्रदोष । अरुबारको तुलनामा साउनको सोमबार व्रत, दान, पूजापाठ आदि गर्दा धेरै गुना बढी फल प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ

देशभरका शिवालयहरूमा साउन महिनाभरि महादेवको विशेष उपासना गर्न श्रद्धालुहरूको ठूलो भीड लाग्दछ । आज बोलबम तीर्थयात्रीहरूले पनि शिवालयहरूमा गई भगवान् शिवलाई जल चढाउने गर्दछन् ।

 साउन महिना र सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो ।यस वर्ष साउनमा पाँच सोमबार परेको छ । पाँचवटा सोमबार परेको साउनबाट नयाँ व्रतालुले पनि साउने सोमबारको व्रत सुरु गर्छन् । साउनको सोमबार व्रत गरेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४