Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नक्कली छाप र दस्तखत प्रयोग गरी ठगेको आरोपमा ‘पत्रकार’ पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन १ २०७९
  • 2.3K
    SHARES

काठमाडौंमा नक्कली छाप र दस्तखतको प्रयोग गरी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

मकवानपुर थाहा नगरपालिका-६ घर भई सातदोबाटो बस्दै आएका २१ वर्षीय बासुदेव अर्याललाई पक्राउ गरको जिल्ला प्रहरी परीसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

उनका अनुसार अर्यालले प्युठान घर भई सीतापाइला बस्दै आएका प्रकाशराज भण्डारीले सञ्चालन गरेको फल्कोनाइड इम्पोर्ट एण्ड एक्सपोर्ट प्रालिको नक्कली छाप प्रयोग गरेको आरोप छ।

यस्तै अर्यालले भण्डारीको नक्कली दस्तखत प्रयोग गरी नेपाल एसबिआई बैंकको खाताबाट पैसा निकालिरहेको भन्ने पीडितले सूचना दिएको प्रहरी उपरीक्षक मैनालीले बताए।

उनका अनुसार उक्त सूचना पश्चात पीडितको सहयोगमा गत शुक्रबार अर्याललाई प्रमाणसहित पक्राउ गरेको हो।

कालिमाटी वृत प्रहरीले अर्याललाई कलंकीस्थित नेपाल एसबिआई बैंकबाट पक्राउ गरेको जनाएको छ।

प्रारम्भिक अनुसन्धानमा अर्यालले भण्डारीको नक्कली दस्तखत तथा कम्पनीको नक्कली छाप बनाएको प्रहरी उपरीक्षक मैनालीले बताए।

त्यसपछि आर्यालले नेपाल एसबिआई बैंकबाट चेकबुक हराएको भनेर थप चेकबुक निकालेको जनाइएको छ।

प्रहरी उपरीक्षक मैनालीका अनुसार अर्यालले सौरभ डंगोल भन्ने व्यक्तिको सवारी चालक अनुमति पत्र पनि फेला पारेका थिए। त्यसपछि उनी आफैं नै सौरभ बनेर चेक साटेर पटकपटक गरी १० लाख ४५ हजार रकम निकालेको खुलेको हो।

प्रहरीले उनीबाट तिखोकलम डट कम नामक सञ्चार संस्थाको पत्रकारको परिचय-पत्र समेत फेला परेको छ। उनीबाट सरोज डंगोलको चालक अनुमति पत्र, उनको नाममा काटिएको ६५ हजारको चेक, विभिन्न संस्थाका छापहरू पनि बरामद गरेको छ।

उनीमाथि ठगी र लिखत सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई प्रहरी वृत्त कालिमाटीबाट थप अनुसन्धान भइरहेको जनाइएको छ।

यस्तै प्रहरीले बासुदेव अर्यालबाट अन्य व्यक्ति वा संस्था समेत ठगिएको भए प्रहरी वृत्त कालिमाटीमा जाहेरी दिन अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४