Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वैज्ञानिक सोच राख्ने कम्युनिष्टहरू एक हुन आवश्यक : अध्यक्ष दाहाल


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार ३० २०७९
  • 3K
    SHARES

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैज्ञानिक सोच राख्ने कम्युनिष्टहरू एक हुुनपर्ने बताउनुभएको छ ।

बिहीबार ललितपुरमा आयोजित नेपालमा विज्ञान तथा सूचना प्रविधि सम्बन्धित नीति संवाद कार्यक्रममा अध्यक्ष दाहालले नेपालमा वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिष्ट अझै एक ठाउँमा हुन आवश्यक रहेको बताउनुभयो ।

अध्यक्ष दाहालले स्वतन्त्र भनेर राजनीतिमा आएका केही व्यक्तिहरू स्वतन्त्र नभइ विभिन्न नाममा देशलाई पछि लैजाने तत्वहरू भएको दाबी गर्नुभयो । पछिल्लो समय देशमा स्वतन्त्र र व्यक्तिगत भन्ने कुनै मानिस नरहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष दाहालले जनताको अधिकार खोस्ने र सीमित वर्गको हातमा अधिकार केन्द्रित गर्ने तत्वलाई परास्त गर्न आईटी, इन्जिनियरहरू, वैज्ञानिकहरू र समाजलाई नयाँ बनाएर विकास समृद्धि र सभ्यताको नयाँ यात्रा सुरु गर्न आवश्यक रहेको पनि बताउनुभयो ।

अध्यक्ष दाहालले अहिलेसम्म जनस्तरबाट भएका क्रान्ति सम्झौताका कारण राजनीतिक रुपमा पूर्ण हुन नसकेको बताउनुभयो । उहाँले अहिलेको समाज नयाँ बाटोतिर जान नदिने भएकोले यसलाई तत्काल वैज्ञानिक समाजमा लैजान नसकिने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४