Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दलित समुदायमाथि अमानवीय व्यवहार अन्त्य हुन सकेन : सांसद पोखरेल


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार २८ २०७९
  • 2.1K
    SHARES

काठमाडौं । नेकपा(माओवादी केन्द्र)की सांसद विना पोखरेलले दलित समुदायमाथि हुने अमानवीय व्यवहारहरूको अन्त्य हुन नसकेको बताउनुभएको छ ।

मंगलबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद पोखरेलले देशमा ठूलो राजनीतिक परिवर्तन भए पनि दलित समुदायमाथि हुने अपमान र अमानवीय व्यवहारहरूको अन्त्य हुन नसकेको बताउनुभएको हो ।

अझै पनि दलित समुदायलाई अपमान गर्ने संस्कार समाजमा रहेको भन्दै त्यस्तो संस्कारगत चेतनालाई बदल्न राज्यले प्रभावकारी अभियान चलाउनुपर्ने उहाँले बताउनुभयो । निर्वाचन प्रणाली पूर्ण समानुपातिक बनाउनुपर्ने र दलितको प्रतिस्पर्धा दलितसँग मात्रै हुने व्यवस्था मिलाउनुपर्ने उहाँको भनाइ छ ।

सांसद पोखरेलले दलित समुदायभित्रै भएका विभेदहरूको पनि अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यालयका पाठ्यक्रमहरूले पनि रुढिवादी र अन्धविश्वास कुराहरू सिकाइरहेको भन्दै पाठ्यक्रमहरू दलित समुदायमैत्री हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४