Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रियसभा शून्य समयमा त्रिविको बेथितीदेखि भानुभक्तका जन्मस्थानसम्मका कुरा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार २८ २०७९
  • 3.6K
    SHARES

काठमाडौं । राष्ट्रियसभा सदस्यहरूले समसामयिक र जनचासोका सवालमा आफ्ना कुरा उठाएका छन् ।

मंगलबार राष्ट्रियसभाको शून्य समयमा बोल्दै सांसदहरूले विश्वविद्यालयको प्रश्नपत्रमाथि उठेका प्रश्न, तुइन विस्थापन, तीन तहको सरकारबीच नभइरहेको समन्वय र भानुभक्तको जन्मस्थलमाथि गरिएको उपेक्षाको सवाल उठाएका हुन् ।

सांसद दिलकुमारी रावल थापा पार्वतीले त्रिभुवन विश्वविद्यालयमा प्रश्नपत्र सम्बन्धी भएको बेथिती रोक्न सरकारलाई ध्यानाकर्षण गराउनुभयो । गत वर्षको स्नातकोत्तर परीक्षा र यस वर्षको परीक्षामा एउटै प्रश्न दोहोरिएकाले बेथिती रोक्नुपर्नेमा जोड दिनुभयो ।

स्नातकोत्तर र स्नातक परीक्षामा प्रश्नपत्र अङग्रेजीमा तथा उत्तर लेख्दा नेपाली र अङग्रजी दुवैमा खुला भएकाले प्रश्नपत्र पनि नेपाली र अङग्रेजी दुवैमा राख्न माग गर्नुभयो ।

सांसद अनिता देवकोटाले संविधानले व्यवस्था भए बमोजिम तीन नै तहको सरकार नचलेको बताउनुभयो । उहाँले तीन तहका सरकारबीचको अन्तर सम्बन्ध सहकारिता, सहअस्थीत्व र समन्वयताको सिद्धान्तका आधारमा संविधानको व्यवस्था भएता पनि यसको पालना समेत नभएको बताउनुभयो ।

सांसद इन्दु कडेरियाले वर्तमान सरकारले तुइन विस्थापित गर्ने कार्यलाई प्राथमिकता नदिँदा वर्षैपिच्छे महाकाली नदिनमा तुइनबाट खसेर मानिसहरूले ज्यान गुमाउनु परेको बताउनुभयो । सरकारले तत्काल महाकाली नदिको ११ स्थानमा पुल निर्माण कार्य अघि बढाउन माग गर्नुभयो ।

सांसद खिमलाल देवकोटाले मुलुकमा सरकार नै नभएको आभास भइरहेको बताउनुभयो । ललितपुरको भैंसेपाटीको ५ सय मिटर सडक लाथालिङ्ग भएर ६ वर्षदेखि हिलाम्मे हुँदा समेत सरकारको ध्यान नगएको भन्दै उहाँले भौतिक पूर्वाधार मन्त्रीले जवाफ दिनुपर्ने माग राख्नुभयो ।

त्यस्तै सांसद नन्दा चपाईंले शिशु अवस्थामा हुर्कंदै गरेको संघीयतामाथि प्रश्न उठ्ने गरी प्रदेश सरकारले काम गरेको बताउनुभयो । उहाँले गण्डकी प्रदेश सरकारले मुख्यमन्त्रीको बुबाआमाको नाममा प्रतिष्ठान खोलेर कोषमा बजेट मार्फत रकम जम्मा गर्नु दुःखद भएको बताउनुभयो ।

सांसद प्रकाश पन्थले आदिकवि भानुभक्त आचार्यको जन्म स्थान तनहुँको चुदिरम्गालाई सरकारले उपेक्षा गरेको बताउनुभयो । उहाँले भानुभक्तको जन्म स्थानलाई सरकारले अपेक्षाकृत रूपमा काम गर्न नसकेको बताउनुभयो ।

सांसद पन्थले आदिकवि भानुभक्त आर्चायको जन्मस्थल तनहुँको चुदिरम्गा आन्तरिक तथा साहित्यिक पर्यटकको प्रचुर सम्भावना भएका भन्दै प्राथकितामा राख्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४