Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौँमा टिपरभित्रै १७ वर्षीया किशोरी बलात्कृत


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार २८ २०७९
  • 3.8K
    SHARES

©नमुना दहाल कार्की

काठमाडौँ । दोलखाबाट काठमाडौँ आएकी एक किशोरी टिपरभित्रै बलात्कारको शिकार भएकी छन् । १७ वर्षीया किशोरीलाई दोलखा गौरीशंकर गाउँपालिका-८ का ३२ वर्षीय ज्ञानबहादुर नेपालीले बलात्कार गरेको जाहेरी परेको काठमाडौँका प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले जन प्रहारलाई  जानकारी दिएका छन् ।

गत शुक्रबार दोलखाबाट टिपरमा आएकी किशोरीलाई टिपर चालकले थानकोट पुर्‍याएर राति करिब १० बजे टिपरभित्रै बलात्कार गरेका हुन् । किशोरी काठमाडौँको गौशालामा बसेर पढ्दै काम पनि गर्छिन् । उनलाई टिपरमा तेल सकियो भन्दै थानकोट डिपो नजिकै पुर्‍याएर बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ ।

नेपाल आयल निगमको थानकोट डिपो जाने बाटोको छेउमा पार्किङ गरी रोकी राखेको दोलखाबाट काठमाडौँ आएको रा १ ख २७३४ नम्बरको टिपर थानकोटमा तेल हालेर गौशाला लगिदिन्छु भन्दै चालकले उनलाई त्यहाँ पुर्‍याएका थिए । निगमको थानकोट डिपो जाने बाटोको छेउमा पार्किङ गरेर गाडीको सहचालकलाई गाडीको टायर चेक गर्नु भन्ने बाहानामा गाडीबाट बाहिर पठाएका थिए ।

सहचालकलाई बाहिर पठाएर टिपरको ढोका बन्द गरेको र आफूलाई बलात्कार गरेको किशोरीको जाहेरीमा उल्लेख छ । बलात्कारपछि उनी टिपर त्यहीँ छाडेर फरार भएका थिए । थानकोट वृत्तले पीडित बालिकालाई उद्धार गरी स्वास्थ्य परीक्षण तथा उपचारका लागि प्रसूति गृह अस्पताल थापाथली लगेको थियो ।

बलात्कारपछि फरार भएका चालकलाई कलंकीबाट पक्राउ गरिएको एसपी मैनालीले जानकारी दिए । उनलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न सोमबार जिल्ला अदालतले अनुमति दिएको छ । मुलुकी फौजदारी संहिता २०७४ को करणी सम्बन्धी कसुर अन्तरगत प्रहरी वृत्त थानकोटले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४