Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जिससको वेबसाइटमा पुरानै जनप्रतिनिधि !


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार २७ २०७९
  • 2.4K
    SHARES

काठमाडौं । विराटनगर जिल्ला समन्वय समितिको निर्वाचन जेष्ठ ३१ गते भयो  । निर्वाचनबाट  मोरङको जिल्ला समन्वय समिति (जिसस)को प्रमुखमा अजम्बर राई प्रमुख र उपप्रमुखमा उषा झा निर्वाचित भए ।

निर्वाचित भएर कार्यालयमा हाजिर भएको एक महिना पुगिसक्दा पनि कार्यालयको बोर्डमा नाम फेरिएपनि बाहिरबाट थाहा नपाउनेले पहिलाकैलाई प्रमुख र उपप्रमुख मान्नु पर्ने अवस्था छ । जिल्ला समन्वय समितिको वेबसाइटमा जनप्रतिनिधि निर्वाचित भएर आएको एक महिना बितिसक्दा पनि नाम परिवर्तन भएको छैन । बाहिरका कसैले फोन गरेर प्रमुखको बारेमा जानकारी लिनु पर्ने अवस्था आयो भने यस अघिका प्रमुख नरेश पोखरेल र उपप्रमुख प्रकाशकुमार साहको नाम वेबसाइटमा राखिएको छ  ।

मोरङ जिल्लाको १७ वटा पालिका सहितका निकायलाई समन्वय गर्ने र तीनै पालिकाको प्रमुख र उपप्रमुखको मतबाट निर्वाचित भएर आएको जनप्रतिनिधिको कार्यालयको वेबसाइट एक महिनासम्म पनि अपडेट नहुनुले कामप्रतिको गैरजिम्मेवार जस्तो देखिने नागरिकको बुझाई छ ।

जिल्ला समन्वय समितिका समन्वय अधिकारी राजु अधिकारीले अपडेटमा ढिला भएको हो । ‘आईटीको मान्छे नभएको कारणले हामीले अपडेट गर्न पाएका छैनौँ, उनले भने, हामी कसैको सहयोग लिएर भएपनि अपडेट  गर्ने तयारी गरिरहेका छौँ ।’ नयाँ जनप्रतिनिधि आएको एक महिना भइसक्दा पनि आफूहरुले प्राविधिक समस्याकै कारण वेबसाइट अपडेट गर्न नसकेको स्वीकार गरे । उनले अबको एक दुई दिन भित्रमा अपडेट हुने बताए ।

झापा जिल्ला समन्वय समितिको अवस्था पनि उस्तै नै छ । जिससको प्रमुखमा विश्व बराल र उपप्रमुखमा शान्ता रोक्का निर्वाचित भएर आएको २० दिन पुगिसक्दा पनि वेबसाइटमा निर्वाचित जनप्रतिनिधिको कुनै विवरण नै भेट्न मुस्किल छ ।  जनप्रतिनिधि को हो वा हैन भन्ने आधार खोज्ने ठाउँ भनेको वेबसाइट नै भएपनि त्यो बारेमा समन्वय समितिका अधिकारीहरूले चासो देखाएको देखिँदैन । यस अघिका निर्वाचित जनप्रतिनिधि  प्रमुखमा सोमनाथ पोर्तेल र उपप्रमुख मिना पराजुलीको नाम र फोटो अहिलेपनि वेबसाइटमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४