Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यस्ता व्यवसायले साउन १ गतेबाट अनिवार्य विद्युतीय बिल जारी गर्नु पर्ने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार २७ २०७९
  • 4.1K
    SHARES

काठमाडौं । वर्षमा दश करोडभन्दा बढीको कारोबार गर्ने व्यवसायले साउन १ गतेबाट अनिवार्य रुपमा विद्युतीय माध्यमबाट बिजक जारी गर्नु पर्ने भएको छ ।

आन्तरिक राजश्व विभागका अनुसार आ.व. २०७७/७८ वा २०७८/७९ को मूल्य अभिवृद्धि कर तथा आय विवरण मध्ये कुनै एक आ.व.को कारोबार रकम रु.१० करोड भन्दा बढीको जुनसुकै वस्तु तथा सेवाको कारोबार गरेका करदाताहरुले अनिवार्य रुपमा विद्युतीय माध्यमबाट बिजक जारी गर्नु पर्ने छ । त्यस्तै बक्स अफिस प्रणालीमा आबद्ध भएका सम्पूर्ण सिनेमा हलहरु(काठमाडौं उपत्यका बाहिरका समेत) ले पनि अनिवार्य रुपमा विद्युतीय माध्यमबाट बिजक जारी गर्नु पर्ने छ ।

तर कारोबारको प्रकृति अनुसार उपभोक्ता/ग्राहकलाई प्रत्यक्ष रुपमा विजक जारी नगर्ने बैंक/वित्तीय संस्था जस्ता निकायको कारोवारको हकमा यो व्यवस्था लागू हुने छैन ।  

वार्षिक रु.५ करोड भन्दा बढीको होटल, रेष्टुरेण्ट तथा चमेना गृह र इण्टरनेट सेवा प्रदायक (ISP)को कारोबार गरेका करदाताहरु, वार्षिक रु.१० करोड भन्दा बढीको कारोबार गरेका डिपार्टमेन्टल स्टोर, मार्ट र फ्लोरिङ्ग तथा फर्निसिङको कारोबार गरेका करदाताहरु,  र बक्स अफिस प्रणालीमा आबद्ध काठमाडौं उपत्यका भित्रको सिनेमा हलहरुलाई यस अघि देखि नै यो अनिवार्य रुपमा विद्युतीय माध्यमबाट बिजक जारी गर्नु पर्ने ब्यबस्था छ ।

विभागका अनुसार यी बाहेक जुनसुकै करदाताले अनुमति लिई स्वेच्छिक रुपमा विद्युतीय विजक जारी गर्न सक्नेछ।  यस भन्दा अगाडि नै अनुमति लिई विद्युतीय विजक जारी गरिरहेका करदाताहरुले पुनः अनुमति लिनु पर्ने छैन ।

विद्युतीय माध्यमबाट बीजक जारी गर्ने व्यक्तिले विभागमा सूचीकरण गरिएका विद्युतीय उपकरण तथा सफ्टवेयरहरु मात्र प्रयोग गर्न विभागले आग्रह गरेको छ। थप जानकारीको लागि आफू दर्ता रहेको कार्यालयमा सम्पर्क गर्न तथा विद्युतीय विजक सम्बन्धी कार्यविधि, २०७४ अध्ययन गर्न विभागले आग्रह गरेको छ।

विभागमा सूचीकरण गरिएका विद्युतीय विजक सफ्टवेयरहरुको सूची हेर्नको लागि यहाँ क्लिक गर्नु होला।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४