Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

श्रीलंकाका राष्ट्रपतिको भवनमा करोडौं रुपैयाँ नगद भेटियो, प्रदर्शनकारीले गने नोट


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार २६ २०७९
  • 2.7K
    SHARES

एजेन्सी । आर्थिक मन्दीको सामना गरिरहेको श्रीलंकाको अवस्था झन दयनीय बन्दै गएको छ ।

आर्थिक मन्दी चर्किएपछि सत्ताबिरुद्ध व्यापक प्रदर्शन भइरहेको । प्रदर्शनकारीले शनिबार राष्ट्रपति भवन कब्जा गरेका थिए । राष्ट्रपति भवन प्रदर्शनकारीको कब्जामा पुगेपछि राष्ट्रपति गोटाबाया राजापाक्षे राष्ट्रपति भवन छोडेर भागेका थिए ।प्रदर्शनकारीले प्रधानमन्त्री रणिलविक्रमा सिंधेको सरकारी निवासमा समेत आगजनी गरेका थिए । यसैबीच, प्रदर्शनकारीहरूले राष्ट्रपति भवनमा करोडौं रुपैयाँ नगद भेटिएको दाबी गरेका छन् । सामाजिक सञ्जालमा केही भिडियोहरू सार्वजनिक भएका छन्, जसमा प्रदर्शनकारीहरुले नोट गनिरहेको देख्न सकिन्छ । ठूलो संख्यामा प्रदर्शनकारी राष्ट्रपति भवनमा प्रवेश गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

एउटा भिडियोमा केही प्रदर्शनकारी नोट गन्दै देखिएका छन् । श्रीलंकाली संचारमाध्यमका अनुसार राष्ट्रपति भवनबाट बरामद भएको रकम सुरक्षा निकायलाई हस्तान्तरण गरिएको छ । यसैबीच अनुसन्धान अधिकारीले तथ्य जाँचपछि मात्रै बस्तु स्थितिथबारे भन्न सकिने बताएका छन् ।

शनिबार हजारौं प्रदर्शनकारी ब्यारिकेड तोडेर राजधानी कोलम्बोको उच्च सुरक्षा क्षेत्रमा प्रवेश गरेका थिए । ठूलो संख्यामा मानिस राष्ट्रपति निवासमा प्रवेश गरी तोडफोड गरेका थिए । सो क्रममा राष्ट्रपतिको शयनकक्षदेखि लिएर भान्छाघर र बाथरुमसम्म प्रदर्शनकारीले कब्जा जमाएका थिए । प्रदर्शनकारीहरूमध्ये केहीले राष्ट्रपति निवासको स्विमिङ पुलमा नुहाएको तस्बीर भाइरल भएको थियो । उल्लेखनीय कुरा के छ भने २ करोड ५० लाख जनसंख्या भएको श्रीलंका अहिले सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको छ ।

मुलुकमा विदेशी मुद्राको अभाव हुँदा इन्धनलगायत अत्यावश्यक वस्तुको आयात हुन सकेको छैन । सरकारविरुद्ध जनता सडकमा उत्रिएका छन् । सरकारको गलत नीतिका कारण आर्थिक संकट आइलागेको श्रीलंकाली जनताको भनाई छ । आर्थिक संकट झन गहिरिन थालेपछि देशभरबाट नागरिकहरु राजधानी कोलम्बोमा भेला भएका छन् । यसैबीच राष्ट्रपति राजापाक्षेले यही जुलाई १३ मा राजीनामा दिने जानकारी दिएको श्रीलंकाका संचार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४