Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जनता समाजवादी पार्टी फुट नजिक, दुबै पक्षको अलग –अलग बैठक


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार २६ २०७९
  • 2.7K
    SHARES

काठमाडौं । सत्तामा रहेको जनता समाजवादी पार्टी (जसपा) फुट नजिक पुगेको छ ।

उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले केन्द्रीय समितिको छुट्टाछुट्टै बैठक बोलाएपछि जसपा औपचारिक रुमिा फुट नजिक पुगेको हो ।पार्टी अध्यक्ष यादवले असार २९ र ३० गतेका लागि वीरगन्जमा केन्द्रीय कार्यसमिति बैठक बोलाउनु भएको छ भने पार्टीको संंघीय परिषद् अध्यक्ष भट्टराईले असार २८ र २९ मा काठमाडौंमा केन्द्रीय समितिको बैठक बोलाउनु भएको छ । अध्यक्ष यादव र भट्टराईबीचको विबाद उत्कर्षमा पुगेपछि दुबै पक्षलाई मिलाउन पार्टीका केही नेताहरु लागेका थिए । तर सफल नभएपछि जसपा फुटको डिलमा पुगेको हो ।

यादव र भट्टराई दुबै एउटै पार्टीमा रहन सक्ने अवस्था नरहेको भन्दै सहमतिमै अलग–अलग बाटो लाग्न सहमत भएका थिए । तर त्यसलाई रोक्न केही नेताहरु लागेका थिए । तर दुबै पक्ष सहमतिमा आउन नसकेपछि पार्टी अब औपचारिक रुपमा फुटको संघारमा पुगेको जसपाका एक नेताले इमेज अबरलाई जानकारी दिए । यादव पक्षका नेताहरुले भट्टराइले काठमाडौंमा केन्द्रीय समितिको बैठक बोलाएको भनेर भ्रम सिर्जना गर्न खोजेको आरोप लगाएका छन् । भट्टराई पक्षका एक नेताले अध्यक्ष यादवको व्यवहारका कारण पार्टी विभाजनतर्फ गएको आरोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४