Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संवैधानिक परिषद विधेयक राष्ट्रिय सभामा पेश भएपछि विवाद बढ्याे


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार २६ २०७९
  • 3K
    SHARES

काठमाडौं । केपी ओली नेतृत्वको सरकारले ल्याएकै अध्यादेशसँग मिल्नेगरी सरकारले संवैधानिक परिषदसम्बन्धी विधेयक राष्ट्रिय सभामा पेश गरेपछि विवाद बढेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गत बुधबार राष्ट्रिय सभामा पेश गरेको संवैधानिक परिषद सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमा ओली सरकारले ल्याएको अध्यादेशकै प्रावधान परेपछि विवाद भएको हो । संवैधानिक परिषदमा आफू अनुकूल निर्णय गराउन तत्कालीन प्रधानमन्त्री ओलीले ल्याएको अध्यादेश कै व्यवस्थामा केही शब्दावली फेरेर ल्याइएको हो ।

विधेयकमा ऐनको दफा ६ को उपदफा ३ मा ‘अध्यक्ष र तत्काल बहाल रहेका कम्तिमा पचास प्रतिशत सदस्य उपस्थित भएमा परिषदको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ’ भन्ने व्यवस्था राखिएको छ । जबकी ओली सरकारले पदमा बहाल पदाधिकारीमध्ये बहुमत पुग्ने पदाधिकारी उपस्थित भए गणपुरक संख्या मानिने भनेको थियो ।

प्रधानमन्त्रीको अध्यक्षतामा गठन हुने परिषदमा प्रधानन्यायाधीश, प्रमुख विपक्षी दलको नेता, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य हुन्छन् । अहिले उपसभामुख पद रिक्त छ । विधेयकमा प्रधानमन्त्री बाहेकका चार सदस्यमध्ये दुईजना मात्रै उपस्थित भए बैठक चलाउन मिल्ने गर्न खोजिएको हो ।

यसअघिको ऐनमा कुल ६ सदस्यमध्ये दुई तिहाई उपस्थित भएमा मात्रै गणपुरक संख्या पुग्ने तथा बैठकबाट सर्वसम्मत निर्णय हुने भनिएको छ । तर, पहिलोपटक सर्वसम्मत निर्णय हुन नसकेमा दोस्रो बैठकबाट बहुमतका आधारमा निर्णय गर्न सकिने भन्ने व्यवस्थालाई पनि संशोधन गर्न प्रस्ताव गरिएको छ ।

दोस्रो बैठकमा समेत सहमति हुन नसकेमा अध्यक्ष र तत्काल बहाल रहेका कम्तिमा ५० प्रतिशत सदस्यको बहुमतबाट निर्णय गर्न सकिने उल्लेख गरिएको छ । सरकारले ल्याएको विधेयक हुबहु पारित भएमा अहिलेको संवैधानिक परिषदको संरचनामा ३ जनामात्रै निर्णायक हुने छन् ।

ओली सरकारले यही अध्यादेश ल्याउँदा असंवैधानिक भएको भन्दै अदालतसम्म पुगेको वर्तमान सत्ताधारीले फेरि उस्तै प्रकृतिको विधेयक संसदमा पेश गरेपछि सरकारको नियतमाथि प्रश्न उठ्न थालेको हो ।

करिब दुई वर्षअघि ओली सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएको नियुक्तिसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकै बेलामा त्यही मुद्दामा पैरवी गर्ने देउवा सरकारले फेरि उस्तै विधेयक ल्याएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४