Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

श्रष्टालाई सम्मान गर्नु राष्ट्रिय दायित्व: प्रधानमन्त्री देउवा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार २६ २०७९
  • 2.5K
    SHARES

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न विधाका श्रष्टाहरुलाई सम्मान गर्नु राष्ट्रिय दायित्व भएको बताउनुभएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले आयोजना गरेको विभिन्न विधाका श्रष्टाहरुलाई पुरस्कार समर्पण समारोहलाई सम्बाेधन गर्दै आज (आइतबार) उहाँले यस्ताे बताउनुभएकाे हाे । प्रधानमन्त्री देउवाले भाषा, साहित्य, संस्कृति, संगित तथा नाट्य लगायतका विधामा योगदान दिने श्रष्टाहरुको सम्मान गर्नु राष्ट्रिय दायित्व भएको बताउनुभएको छ।

उहाँले भाषा, साहित्य, संस्कृति, संगित एवं नाट्य लगायतका विधाहरु मुलुकका गहना तथा सभ्यता र संस्कृतिको धरोहर रहेको बताउनुभयो । उहाँले नेपालका संस्कृति तथा साहित्य राष्ट्रिय गौरवको विषय भएको पनि बताउनुभयो । प्रधानमन्त्री देउवाले श्रष्टा र साधकहरुलाई राज्यले सम्मान गर्दै आएको उल्लेख गर्दै यस प्रकारको सम्मानले श्रष्टाहरुमा थप सिर्जनात्मक काम गर्न प्रेरणा मिल्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भाषा, साहित्य, संस्कृति, इतिहासकला, संगीत एवं नाट्य लगायतका विधाहरु मुलुकका गहना हुन् । ती हाम्रा सभ्यता र संस्कृतिका धरोहर हुन् । ती हाम्रा राष्ट्रिय गौरवका विषय हुनुका साथै तिनले नै स्वदेश तथा विदेशमा नेपालको विशिष्ट राष्ट्रिय पहिचान बनाउन सघाउ पुर्याउँदै आएका छन् । तसर्थ यी क्षेत्रका विकास र संरक्षण गर्न संलग्न संस्था तथा साधकहरुको सम्मान एवं कदर गर्नु हाम्रो राष्ट्रिय दायित्व पनि हो । श्रष्टा र साधकहरुको सम्मानबाट उहाँहरुले सम्बन्धित क्षेत्रमा पुर्याउनुभएको योगदानको कदर हुनुका साथै उहाँहरुलाई आफू संलग्न क्षेत्रमा थप सिर्जनात्मक काम गर्न प्रेरणा र प्रोत्साहन पनि मिल्नेछ । यसै तथ्यलाई मध्येनजर गरि सरकारले विभिन्न राष्ट्रिय व्यक्तित्वको नाममा विभिन्न पुरस्कारहरुको स्थापना गरेको हो । आज समारोहमा राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार र इतिहास शिरोमणी बाबुराम आचार्य राष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुनुभएका विशिष्ट प्रतिभाहरुलाई नेपाल सरकार तथा मेरो व्यक्तिगत तर्फबाट पनि हार्दिक बधाई दिन चाहन्छु । साथै पुरस्कृत प्रतिभाहरुबाट आगामी दिनमा राष्ट्रको भाषा, साहित्य, कला, संस्कृति, संगीत एवं नाट्य क्षेत्रको विकास हुनेमा अझ बढी योगदानको अपेक्षा पनि गरेको छु ।’

प्रधानमन्त्री देउवाले श्रष्टाहरुप्रति राज्यले गरेको सम्मानले मुलुकको प्रतिष्ठा उच्च बनाउन तथा देशको सर्वाङ्गीण विकासमा श्रष्टाहरुको अझ योगदान हुने विश्वास समेत व्यक्त गर्नुभयो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले विभिन्न विधामा योगदान पुर्याउने ४३ जना श्रष्टाहरुलाई पुरस्कृत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४