Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘अपराध शैलीमा आएको परिवर्तन प्रहरीका लागि चुनौतीपूर्ण’


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार २५ २०७९
  • 1.8K
    SHARES

काठमाडौं । वरिष्ठ प्रहरी अधिकारीहरूले अपराध शैलीमा आएको परिवर्तन प्रहरीका लागि चुनौतीपूर्ण हुँदै गएको बताएका छन् ।

डेढ दशकअघिसम्म अपराधमा अपरिचित मानिस संलग्न हुने गरेकोमा अहिले ८५ प्रतिशत अपराध परिचित अझ नातागोता, छिमेकी हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले अपराधमा किशोर उमेरका युवाहरूको उल्लेख्य संलग्नता चिन्ताको विषय भएको बताउनुभयो ।

हेमरिक स्पोर्टस एकेडेमीले ललितपुरको इमाडोलमा गरेको सम्मान कार्यक्रममा उहाँले क्रिप्टो करेन्सीका नाममा अरबौं रुपैयाँ बाहिरिएको र कानुनले बर्जित गरेका कारण आफैँ कारबाहीको भागिदार बन्ने डरले पीडित प्रहरी समक्ष आउन नसकेको उहाँको भनाइ छ ।

काठमाडौं उपत्यका प्रहरी प्रमुख रविन्द्र धानुकले शान्ति सुरक्षासँगै दैनिक १ अरबका बैंकिङ कसुरका मुद्दा प्रहरीले हेर्नुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले पसिना बगाएर खानेभन्दा पनि चलखेलको कमाइमा मानिसको विश्वास बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले नेपालमा विकासको प्रचुर सम्भावना भए पनि खराब सोच र अदूरदर्शी योजनाका कारण काम हुन नसकेको बताउनुभयो ।

कार्यक्रममा पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइराला, प्रदेश एकका पूर्वमुख्यमन्त्री शेरधन राई, सांसद यज्ञ सुनुवार, सुदन किराँती, प्रहरी नायव महानिरीक्षक टेकबहादुर तामाङ, भीम ढकाल, चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, सचिव सुरेश आचार्य, समाजसेवी रोशन श्रेष्ठले उत्पादनबाट मात्र सुशासन सम्भव भएकाले त्यसतर्फ लाग्न आव्हान गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४