Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मेयरले जग्गा भाडामा दिएको खुलासा भएसँगै अख्तियारले माग्यो नगर विकाससँग कागजात


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार २४ २०७९
  • 3.2K
    SHARES

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा उपत्यका नगर विकास समितिलाई पत्र काट्दै जग्गा भाडामा लगाएका कागजात १५ दिनभित्र उपलब्ध गराउन माग गरेकाे छ ।

पूर्वमेयर मानबहादुर जीसीले पदमुक्त हुनु दुई दिन अघि प्रक्रिया मिचेर ६३ रोपनी जग्गा भाडामा लगाएको खबर सार्वजनिक भएपछि अख्तियारको पोखरा कार्यालयले नगर विकासलाई पत्राचार गरेको हो । नगर विकास समिति मातहतमा रहेका तीन ठाउँको ६३ रोपनी जग्गा जिसीले आफन्तलाई भाडामा लगाएको खुलासा भएको हो ।

पूर्वमेयर जीसीले पदावधि सकिनुभन्दा ४८ घण्टा अगाडि पर्यटन बसपार्क आफ्नै ज्वाइँ राम भण्डारीका भाई विष्णु भण्डारी समूहको कम्पनी शिला शालिकग्राम कन्सट्रक्सन कम्पनीलाई १० वर्षका लागि भाडामा दिनुभएको खुलेका छ । त्यही बसपार्कको भाडा र त्यहाँ रहेका सटरको भाडा कसरी दिइएको हो भन्दै अख्तियारले गत मंगलबार पत्राचार गरेको हो ।

त्यस्तै नगर विकास समितिको कार्यालयले विज्ञापन नै नगरी मेयरका चार जना आफन्तलाई करारमा नियुक्ति गरेको विषयमा पनि अख्तियारले जानकारी मागेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४