Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कार्यपालिका बैठकमै कड्किए हर्क साम्पाङ


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार २३ २०७९
  • 3K
    SHARES

धरान । धरान उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० बजेट सर्वसम्मत पारित भएको छ । बिहीबार भएको नगर सभाबाट बजेट पारित भएको उपमहानगरपालिकाका प्रवक्ता सूर्यबहादुर भट्टराईले जानकारी दिए ।

धरानले असार १० गते एक अर्ब ६८ करोड ५८ लाख २३ हजार बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो । कूल बजेटमध्ये चालूतर्फ ८३ करोड ३७ लाख ७२ हजार ४४२ र पूँजीगतर्फ ८१ करोड ९५ लाख ५० हजार ५५८ र वित्तीय व्यवस्थातर्फ तीन करोड २५ लाखको बजेट विनियोजन भएको छ ।

बजेट पारित हुनअघिको कार्यपालिका बैठकमा भने विवाद भएको थियो ।

मेयर राई बजेट पारित गर्न नदिएको भन्दै कार्यपालिका सदस्यसित बैठकको सुरुमै आक्रोशित बनेका थिए ।

उनले बैठकको सुरुमा नै प्रश्न गरे, ‘बजेट पारित गर्ने कहिले ? जहिले पनि बैठक स्थगित गर्ने ? स्वतन्त्रले मेयर जित्यो यसलाई असफल बनाउनुपर्छ भनेको हो ? कि के हो त ? हर्क साम्पाङ असफल हुनु भनेको व्यक्ति होइन, पुरै धरान असफल हुनु हो । मैले मात्रै बनाएको हो बजेट ? विषयगत समितिले छलफल गरेको छैन ?’

बजेट पारित गर्नका लागि बैठक बोलाए पनि पटक पटक स्थगित भएको थियो । त्यसलै सुरुमै आक्रोशित भएका मेयर साम्पाङ त्यत्तिमै रोकिएनन्, ‘म निकटतम प्रतिद्वन्द्वी भन्दा ५ हजार बढि मत ल्याएर जितेको हो । स्वीकार नगर्ने ?

तपाईँहरुले धराने जनतालाई कसरी जवाफ दिनुहुन्छ । कहिले पास गर्ने बजेट, ८० सालको असारमा पास गर्ने बजेट ? बैठक जहिले सारेको छ, जहिले सारेको छ । बजेट पास भएन भने वडा कसरी चलाउने, गोजीको पैसाले चलाउने हो वडा ? डोनेसन माग्नुस अब, जित्ने बेला के भनेर आउनुभयो ? तपाईँहरु यति धेरै गैर जिम्मेवार पनि नबन्नुस ।’

मेयर साम्पाङ्ले उपमेयर अइन्द्र विक्रम बेघालाई पनि प्रश्न गरे ‘तपाईँले चलाउनु भएन छलफल ?’

मेयरको आक्रोश पछि धरान उपमहानगरमा एमालेबाट जितेका जनप्रतिनिधिहरु प्रतिवादमा उत्रिएका थिए । मेयरलाई रोकेर वडा नम्बर १२ का वडाध्यक्ष टंकबहादुर राईले बजेट किताब ठोक्दै भने, ‘हेरौं कसरी पास गर्दो रहेछ बजेट ? यसरी हुन्छ ?’

लगत्तै एमालेका अन्य कार्यपालिका सदस्यले पनि होहल्ला गरे । एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरुले उपमेयर कोष खारेज गर्न माग गरेका थिए । मेयर र उपमेयरले त्यसको जवाफ दिएका थिए ।

एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरुले विरोध गरेपछि उपमेयर बेघाले स्वतन्त्रबाट जितेको भन्दैमा दलबाट आएकाहरुले विरोध मात्रै गर्न नहुने भन्दै जनताको भावना समेट्नु आवश्यक रहेको बताए ।

उनले बजेट लुकाएर छलफल नगरेको बताए । ‘बजेट ल्याउँदा पारदर्शीले ढंगले ल्याएका छौं । उपमेयर कोष मैले मागेको नै छैन । तर भैपरी आउने कामको लागि विना शीर्षक कसरी खर्च गर्न सकिन्छ, त्यसकारण यो कोषलाई निरन्तरता दिएको हो’, उनले प्रष्ट्याएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४