Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

असार २२ गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार २२ २०७९
  • 3.8K
    SHARES

पञ्चाङ्ग
वि.सं. असार २२, २०७९ । ई.सं. ६ जुलाई २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४२ बछलागा । नल उत्तरायण ग्रीष्म । बुधबार आषाढ शुक्लपक्ष । तिथि- सप्तमी, १४:५६ बजे उप्रान्त अष्टमी । नक्षत्र- उत्तरफाल्गुनी, ८:०८ बजे उप्रान्त हस्त । योग- वरियान्, ९:०५ बजे उप्रान्त परिघ । करण- वणिज १४:५६ बजेदेखि भद्रा, २६:४० बजे उप्रान्त कौलव । चन्द्रराशि कन्या । आनन्दादि योग प्रवर्द्ध । दिनमान ३४।२६ । सूर्योदय ५:१५ । सूर्यास्त १९:०१ ।देवपत्तनमा गंगामाइ रथयात्रा, सूर्यपूजा ।

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काममा मनग्गे फाइदा हुने समय छ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। प्रतिष्ठित काम सम्पादन गर्ने अवसर प्राप्त हुनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ। दिगो फाइदा हुने काम सम्पादन हुनेछ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताउन सक्छ। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिन सक्छन्। तर मिहिनेत गर्दा जटिल ठानिएको काम पनि सम्पादन हुनेछ। रोकिएका काममा भने दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अनावश्यक साइनो गाँसी नजिकिनेहरूबाट सावधान रहनुहोला।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। काममा मिहिनेतको फल प्राप्त हुनेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा पनि मनग्गे धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अरूका लागि बुद्धि र धन खर्चनुपर्नेछ। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। ईर्ष्या गर्नेहरूले सताउनेछन् भने पहिलेकै काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। वादविवादमा अघि नसर्नुहोला। पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ। आवश्यकता पूरा गर्न केही रकम सापट लिनुपर्ला।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अवसर आए पनि काममा पछि परिनेछ। मनमा द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ला। भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ। तापनि पारिवारिक जमघटले दैनिकीमा परिवर्तन ल्याउन सक्छ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
खर्च लागे पनि लगानी बढाउने अवसर आउला। दिगो योजनाका लागि ऋण लिने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। तापनि उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। फाइदाका पछि लाग्दा धनमाल गुम्न सक्छ। काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल हातलागी हुनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। सट्टापट्टा, लेनदेन आदिमा मनग्गे फाइदा हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। विवादास्पद कामको जिम्मेवारी आउन सक्छ। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सफलताले हिम्मत दिलाउनेछ। प्रयत्न गर्दा राम्रै काममा जग बसाउने मौका छ। दिगो फाइदा हुने काम प्रारम्भ होला। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। भेटघाटले समेत उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मान–सम्मान प्राप्त होला। ईर्ष्या गर्नेहरूबाट जोगिएर अघि बढ्नुहोला। उपलब्धि प्राप्त गर्न काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ने देखिन्छ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मिहिनेत परे पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै दाम र इनाम प्राप्त हुनेछ। धार्मिक मनोवृत्ति बढ्नेछ र सेवामूलक काम गरिनेछ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। तर समस्या दर्साउँदा शुभचिन्तकले साथ दिनेछन्। मिहिनेत गर्दा पछिका लागि फाइदा हुनेछ। तत्काल लाभ नभए पनि समस्या सुल्झाउन सकिनेछ। स्वास्थ्यका लागि निश्चित समय आराम गर्नुपर्ला। गोपनीयतामा ध्यान पुर्याउनुहोला। प्रयत्न गर्दा आंशिक काम सम्पादन हुनेछ।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
धेरै बोल्दा समस्या आउन सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् र परिवारजनको साथले नयाँ आशा जगाउनेछ। कामको चापबाट पनि फुर्सद पाइनेछ। खानपान, मानोरञ्जन र पहिरनको सोखले खर्च बढाउनेछ। तापनि प्रेम र मित्रताको बन्धन कसिनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४