Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संघ र प्रदेशको चुनाव कात्तिक ३० कि मंसिर २ ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार २१ २०७९
  • 3.1K
    SHARES

काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति प्रस्ताव गर्ने तयारी गरेको छ ।

आयोग पदाधिकारीहरुका अनुसार बुधबार अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मिति प्रस्ताव गर्ने तयारी छ । एक आयुक्त भन्छन्, ‘भोलि २ बजेपछि भेट होला ।

त्यसको अघिल्लो दिन मंगलबार आयुक्तहरुबीच सम्भावित मितिबारे छलफल भएको थियो । त्यस क्रममा कात्तिक ३० सँगै मंसिर २ को मिति आएको आयोग स्रोत बताउँछ ।

दशैं तिहारको बीचमा मनोनयन दर्ता गर्ने गरी कात्तिक ३० गते बुधबार प्रस्ताव गर्ने छलफल भएको थियो । तर मंगलबारको छलफलमा मंसिर २ गते शुक्रबार पनि उपयुक्त हुने मत आएको छ ।

एक आयुक्त भन्छन्, ‘यदि शुक्रबार मतदान गर्ने हो भने शनिबार आराम गर्ने र आइतबारदेखि नियमित काममा जान सकिन्छ भन्ने मत आएको छ । भोलि निर्णय गरेर सिफारिस गर्छौं ।’

कात्तिक ३० वा मंसिर २ जुन मिति सिफारिस गरेपनि चुनाव भने एकै चरणमा गर्ने आयोगको निष्कर्ष छ । २०७४ मा भने दुई चरणमा चुनाव भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४