Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछाप बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार २१ २०७९
  • 3.7K
    SHARES

रामेछाप । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार चार जनाको उपचारका क्रममा काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएको छ ।

रामेछापको सुनापति गाउँपालिका–५ सिमानामा बा ३ ख ८३९६ नम्बरको बस मंगलबार बिहान दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

घाइतेमध्ये २४ जनालाई धुलिखेल अस्पताल पठाइएकोमा चार जनाको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले १२ जनाको सनाखत भइसकेको जानकारी दिनुभयो ।

ज्यान गुमाउनेमा रामेछाप सुनापति गाउँपालिका–५ बस्ने ६० वर्षीय ठूला तामाङ, ३६ वर्षीय खड्कबहादुर विक, वडा नम्बर ४ बस्ने २६ वर्षीया समरिता तामाङ, काभ्रे रोशी गाउँपालिका–४ का २५ वर्षीय कमल तामाङ, पाँचखाल नगरपालिकाका १८ वर्षीय सुदीप गजमेर, सुनापाति–५ की २२ वर्षीया विपना तामाङ र मण्डनदेउपुर नगरपालिका–९ की ६० वर्षीया शुभलक्ष्मी मानन्धर छन् ।

यस्तै, सुनापाति–५ कै ३६ वर्षीया सञ्जु आलेमगर, ३५ बर्षीय रामबहादुर श्रेष्ठ, २५ बर्षीय बुद्ध तामाङ, ६० बर्षीय नेमा तामाङ रहेका छन् । दुई जनाको भने सनाखत हुन बाँकी छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ । चालकले ब्रेक फेल भएकाले दुर्घटना भएको बताएको प्रहरीले जनाएको छ । गम्भीर घाइते ३ जनालाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४