Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अर्थमन्त्रीबारे शीर्ष नेताबीच छलफल हुने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार २१ २०७९
  • 2.2K
    SHARES

काठमाडौं । बजेट निर्माणमा बिचौलिया प्रयोग गरेको भन्दै विवादमा मुछिनुभएका अर्थमन्त्री जनार्दन शर्माको बारेमा सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच छलफल हुने भएको छ ।

शर्माले राज्यको गोपनीयता भंग गरेकोले उहाँले राजीनामा नदिए बर्खास्त गरेर थप कारबाही गर्नुपर्ने माग उठेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शीर्ष नेताबीच छलफल हुने बताउनुभएको छ ।

माओवादी केन्द्रका नेताहरुको खुमलटारमा मंगलबार बिहान बसेको बैठकमा नेताहरुले अर्थमन्त्री शर्माको भूमिकालाई लिएर प्रश्न उठाएपछि उहाँले शीर्ष नेतृत्वबीच छलफल हुने जानकारी दिनुभएको हो ।

सत्ता गठबन्धनका मुख्य घटक कांग्रेस र माओवादी केन्द्रभित्र समेत शर्माको भूमिकालाई लिएर व्यापक प्रश्न उठेको छ । यसैबीच माओवादी केन्द्रको पदाधिकारी सहित स्थायी समिति र पोलिटब्यूरो टुङ्गो लगाउन पार्टीले अध्यक्ष दाहाललाई जिम्मा दिएको छ ।

दाहाल निवास खुमलटारमा बसेको पूर्व स्थायी समिति सदस्यको आजको बैठकले पदाधिकारी सहित स्थायी समिति र पोलिटब्यूरो टुङ्गो लगाउन अख्तियार दिएको हो । माओवादी विधानमा अध्यक्ष सहित १५ जना पदाधिकारी हुने व्यवस्था गरेको छ ।

जसमा वरिष्ठ उपाध्यक्ष एक जना, एक जना महासचिव र एक कोषाध्यक्ष हुने छन् । अरु उपाध्यक्ष, उपमहासचिव र सचिव पदमा ११ जना समेटिने भएका छन् । अरु पदमा समेट्न अध्यक्ष दाहाललाई खासै समस्या नभए पनि महासचिव पदमा भने गाह्रो देखिएको छ ।

महासचिव पदमा जनार्दन शर्मा र वर्षमान पुनले दाबी गरेका छन् । शर्मा र पुन दुवैसँग परामर्श गरेर अध्यक्ष दाहालले पदाधिकारीलाई पूर्णता दिने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४