Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अर्थमन्त्रीको बदमासीमा प्रधानमन्त्रीको पनि मिलेमतो छ: महासचिव पोखरेल


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार २१ २०७९
  • 2.5K
    SHARES

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले करको दरमा हेरफेर गरेर सीसीटिभी फुटेज नष्ट गर्नु अर्थमन्त्री जनार्दन शर्माको नीतिगत भ्रष्टाचार भएको बताउनुभएकाे छ ।

उहाँले यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको पनि मिलेमतो रहेको आरोप समेत उहाँले लगाउनुभएकाे हाे। कैलालीमा आज मंगलबार पत्रकारसँग कुराकानी गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । अर्थमन्त्री जनार्दन शर्माको नीतिगत भ्रष्टाचार गरेकाे विषयमा नेपाली कांग्रेसकै सांसद पनि मुछिएका कारणले गर्दा प्रधानमन्त्री देउवा हच्किंएको पनि उहाँले बताउनुभयो ।

स्थानीय तहको निर्वाचनमा घेराबन्दी गरेर एमाले सक्ने रणनीति पाँच दलले बनाएपनि सफल हुन नसकेको भन्दै उहाँले आगामी निर्वाचनमा एमालेले अझ राम्रो नतिजा ल्याउने समेत दावी गर्नुभयो ।एमालेलाई विस्थापित गर्दा मुलुकले दुर्भाग्य बेहोर्न बाध्य भएको भन्दै उहाँले अर्थतन्त्र डामाडोल भएको, मूल्यवृद्धि अत्यधिक भएको तथा पूँजीगत खर्च लकडाउनमा भन्दा पनि खराब भएको उल्लेख गर्नुभयो ।

मुलुकमा एमाले मात्रै बामपन्थी रहेको दावी गर्दै नेपाली उहाँले कांग्रेसकोपछि लाग्नेहरू कम्युनिष्ट नभएको समेत जिकीर गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४