Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विनोद शाहीको मृत्यु प्रकरणका पञ्चदेवलकी मेयर चलाउने पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार १९ २०७९
  • 3K
    SHARES

काठमाडौं । अछामको पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउने पक्राउ परेकी छिन् ।

चलाउनेलाई १५ वर्षीय विनोद शाहीको मृत्यु प्रकरणका अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो । गत ३० वैशाखको स्थानीय तह निर्वाचनका दिन पञ्चदेवल नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच विवाद भएको थियो । त्यसपछि केही समय मतदान समयपनि रोकिएको थियो । बिवाद हुनुमा कांग्रेस र एमालेका कार्यकर्ताले एक अर्कालाई दोष लगायका थिए । सोही विषयलाई लिएर पछि एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि कुटपिट गरेका थिए । एमाले कार्यकर्ताले आफूहरुमाथि कुटपिट गरेको भन्दै कांग्रेस कार्यकर्ताले स्थानीय प्रशासनमा जाहेरी दिएका थिए ।

जाहेरी दिएका व्यक्तिहरुलाई १७ जेठमा प्रहरीले पक्राउ गर्न खोज्दा अवरोध गरेपछि दुबै पक्षबीच दोहोरो झडप भएको थियो । सोही क्रममा शाही बेपत्ता भएको परिवारको दाबी छ । पछि उनी मृत भेटिएका थिए । शाहीको शव जेठ २० गते भेटिएको थियो । जेठ २६ गते शाहीका परिवार र आफन्तले नवनिर्वाचित मेयर चलाउनेसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । प्रहरीले यसअघि नै ५ जनालाई पक्राउ गरिसकेको थियो ।

चलाउनेसँगै अर्का एक आरोपित शनिबार साँझ प्रहरीकहाँ स्वयं उपस्थित भएका आछाम प्रहरीले जानकारी दिएको छ । चलाउनेसहित सात जनालाई प्रहरीले आइतबार २ दिनको म्याद थप गरी हिरासतमा राखेको छ । चलाउने गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट मेयरमा निर्वाचित भएकी हुन् । २०७४ को निर्वाचनमा चलाउने सोही नगरपालिकाको उपमेयरमा निर्वाचित भएकी थिइन् ।तर मेयर चलाउने निकटका व्यक्तिहरुले भने उनलाई प्रहरीले पक्राउ गरेको नभई उनी आफैं प्रहरी कार्यालयमा उपस्थित भएको दाबी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४