Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानसेनापति शर्मा र अमेरिकी रक्षा मन्त्रालयका उच्च अधिकारीबीच भेटवार्ता


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार १९ २०७९
  • 2.4K
    SHARES

काठमाडौं । अमेरिका भ्रमणमा रहनु भएका नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नुभएको छ । त्यस क्रममा दुई देशबीचको सैनिक तथा रक्षा सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा छलफल भएको जनाइएको छ ।

प्रधानसेनापति शर्माले अमेरिकी संयुक्त सेनाका उपाध्यक्ष एडमिरल क्रिस्टोफर डब्ल्यू ग्राडी, दक्षिण एशिया तथा दक्षिण पूर्वी एशिया हेर्ने अमेरिकी रक्षा उपमन्त्री लिन्ड्जे डब्ल्यू फोर्ड र अमेरिकी सेनाका चिफ अफ द स्टाफ जेम्स चार्ल्स मकोनभिलसँग भेटवार्ता गरिसक्नु भएको छ ।

भेटवार्ताहरुमा दुई सेनाबीच रहेको सौहार्द सम्बन्धलाई अझै बलियो बनाउने, सैनिक सम्बन्धलाई विपद् प्रतिकार्य र मानवीय सहयोग तथा राष्ट्रसंघीय शान्ति कार्यमा मिलेर जाने विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ । त्यसअघि प्रधान सेनापति शर्माले पेन्सलभेनियामा रहेको अमेरिकी सेनाको वार कलेजको भ्रमण गर्नुभएको थियो भने नेशनल डिफेन्स युनिभर्सिटीको पनि भ्रमण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४