Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्टार्टअप वल्र्डकप नेपाल– २०२२ असार २२ गते हुने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार १७ २०७९
  • 3.4K
    SHARES

स्टार्टअप वल्र्डकपको नेपाल क्षेत्रिय प्रतिश्पर्धा असार २२ गते (जुलाई ६ मा) हुने भएको छ ।
विश्वका ७० देशमा हुने प्रतिश्पर्धा नेपालमा पहिलो पटक भौतिक रुपमा हुन लागेको स्टार्टअप वल्र्डकपको नेपालको पार्टनर स्टार्टअप हब नेपालले जनाएको छ ।
गत बर्ष कोभिड महामारीका कारण सरकारले जारी गरेको लगडाउनले गर्दा स्टार्टअप वल्र्डकपको नेपाल क्षेत्रीय प्रतिश्पर्धा अनलाईन गरिएको थियो ।
प्रतिश्पर्धाको फाइनलमा पुगेका बिभिन्न १० उत्कृष्ट स्टार्टअपहरुले नेपालको फिनालेमा भाग लिन पाउने आयोजकले जनाएका छन् । फाईनलमा पुगेका टप १० मध्येबाट विजेता १ जना कालिफोर्नियाको सिलिकन भ्यालीमा हुने फाईनलमा सहभागी हुन पाउने छन् ।

अमेरिकी स्याटलाइट कम्पनी स्पेस एक्सको फन्डरेजिङ कम्पनी पिगासस टेक भेन्चरले स्टार्टअप वल्र्डकपको सुरुवात गरेको हो । विकसित देशहरु सबैजसोमा स्टार्टअफ वल्र्डकपको आयोजना हुने गरेको छ । नेपालमा भने वल्र्ड ट्रेड गु्रप नेपालले आफ्नो सिस्टर कन्सर्न स्टार्टअप हब नेपाल मार्फत वल्र्डकप नेपालमा भित्र्याएको हो ।

स्टार्टअप वल्र्डकपको नेपाल रिजनल कम्पिटिसनलाई सिईओ क्लब ग्लोबलले टाईटल स्पोन्सर गरेको छ भने एन आईसि एसिया बैंकले ईन्नोभेटिभ बैंकिङ पार्टनरका रुपमा प्रायोजन गरेको छ ।

अमेरिकामा हुने ग्लोबल फिनालेमा विजयी हुने स्टार्टअपले एक मिलियन डलर (१३ करोड नेपाली रुपैया बराबर) लगानी पुरस्कार पाउने स्टार्टअप वल्र्डकपले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४