Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतकाे राजस्थानमा दुई मुस्लिमले एक जना हिन्दुको गरे हत्या


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार १५ २०७९
  • 2.8K
    SHARES

काठमाडौं । भारतको राजस्थानमा मुसलमान समुदायका दुई जनाले एक हिन्दुको हत्या गरेर सामाजिक सञ्जालमा पोस्ट गरेको विषयले त्यहाँ तनाव बढेको छ ।

धार्मिक दंगा मच्चिन सक्ने आशंकामा प्रशासनले उच्च सतर्कता अपनाएको छ । राजस्थानको उदयपुर जिल्लामा कन्हैया लाल नाम गरेका स्थानीय दर्जीलाई मंगलबार दुई मुस्लिम पुरुषले हत्या गरेका थिए । हत्याको भिडियो भने सामाजिक सञ्जालमा सार्वजनिक गरिएकाे हाे । ती दुई जनाले अर्को भिडियोमा भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धम्की समेत दिएका छन् । ती दुवै जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

भारतीय जनता पार्टीकी नेतृ नुपुर शर्माले पैगम्बर मुहम्मदको विषयमा गरेको टिप्पणीको बदला लिन हिन्दू दर्जीको हत्या गरिको बताएकी छन् । हत्याको विरोधमा हिंसात्मक प्रदर्शन हुनसक्ने आशंका गरिएको छ । राज्य सरकारले इन्टरनेट सेवा बन्द गरेको छ भने ठूला जमघटमा प्रतिबन्ध लगाएको छ ।

हत्या र धम्कीको भिडियो मिडिया र सामाजिक सञ्जालमा प्रसारण नगर्न पनि प्रहरीले सचेत गराएकाे छ । नुपुर शर्माको टिप्पणीलाई समर्थन गरेको आरोपमा तीन साता पहिले कन्हैया लाललाई प्रहरीले पक्राउ समेत गरेको थियो । तर उनी रिहा भएलगत्तै उनको पसलमा लुगा सिलाउने बहानमा पुगेकाहरूले पसलमै आक्रमण गरी हत्या गरेका थिए ।

भारतका विभिन्न मुस्लिम संघ संगठनहरूले पनि हत्याको निन्दा गर्दै दोषीमाथि कडा भन्दा कडा कारबाहीको माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४