काठमाडौं । रामेछापमा १३ बर्षिय बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा ६२ बर्षका एक व्यक्ति पक्राउ परेका छन् ।
रामेछाप नगरपालिका–४ हिमगंगामा सुस्तमनस्थितिकी एक १३ बर्षिय बालिकालाई फकाएर आफ्नै घरमा ल्याएर जबरजस्तीकरणी गरेको आरोपमा हिमगंगा सुन्तलेटारका ६२ बर्षिय श्याम प्रसाद घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो ।
बालिकालाई जबरजस्तीकरणी गरेपछि कसैलाई भनेमा मार्ने धम्की दिएका घिमिरेले बालिकालाई पटक–पटक जबरजस्तीकरणी गरेको पीडित परिवारले प्रहरीलाई दिएको उजुरीमा उल्लेख गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले जबरजस्तीकरणी गरेर फरार रहदै आएका घिमिरेलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको जन प्रहारलाई बताएका छन् ।
उनका अनुसार आरोपिलाई ७ दिन म्याद थप गरेर बालयौन दुरुपयोगको मुद्दामा अनुसन्धान भइरहेको छ । पीडित बालिकाले आफूमाथि पटक–पटक घिमिरेले जबरजस्तीकरणी गरेको घटना परिवारलाई जानकारी गराएपछि परिवारले प्रहरी समक्ष उजुरी दिएको थियो । यो विषयमा डिएसपी थिङले अनुसन्धान शुरु गरिएको बताएका हुन् ।
